back
NMB ad

७५ प्रतिशत व्यवसायी अवैध, राजस्व नतिरी संचालनमा !

Kumari bank ad

नेपालमा आवश्यक पर्ने मेटल फेब्रिकेटिङ सम्बन्धी सबै सामान ग्रील तथा स्टील व्यवसायी अन्तर्गत पर्दछन् । पूर्बाधार विकासमा जस्तो उद्योग, पुल, बाटो, टावर, बिद्युत् गृह लगायत जुनसुकै कामका लागि ग्रीलको आवश्यकता छ । त्यस्तै घरको सुरक्षा एवं सुन्दरतामा पनि यो अति आवश्यक छ । रेलवे, केबलकार वा फलामको काममा बढि आवश्यक पर्दछ । आपतविपत जस्तै भूकम्पका समयमा सबैभन्दा छिटो संरचना तयार गर्न, बलियो र छिटो तयार गर्न सकिने, भूकम्प प्रतिरोधी सामान ग्रीलकै देखियो । अहिले विभिन्न बजार एवं कलेजहरुले समेत ग्रीलका घर बनाउन थालेका छन् । काठको विकल्पकारुपमा फलाम आएको छ । काठको सट्टा फलामको प्रयोगले वातावरण र वनजंगल संरक्षणमा पनि सहयोग पुगेको छ ।

उद्योग पूर्ण क्षमतामा चल्न नसक्दा बिदेश पलायन हुनेको संख्या पनि बढिरहेको छ

ग्रीललाई नभई नहुने विषय भनेको उर्जा हो । पर्याप्त उर्जा चाहिन्छ । जनशक्ति त्यसमा पनि दक्ष जनशक्तिको अभाव छ । उद्योग पूर्ण क्षमतामा चल्न नसक्दा र व्यवसाय टिकाईराखनुपर्ने बाध्यताका कारण दिनप्रतिदिन बिदेश पलायन हुनेको संख्या पनि बढिरहेको छ ।

नेपालमा नीति नियम भएपनि कार्यान्वयन पक्ष साह्रै फितलो

नेपालमा अहिले पनि उद्योेगसम्बन्धी स्पष्ट ऐन, नीति, नियम छैन । ग्रीलका क्षेत्रमा त झन् छँदै छैन । नीति नियम आउँछ कार्यान्वयन पक्ष फितलो छ । उद्योगले कोड गरेका सुबिधा लिन सकिन्न । मन्त्रालय–मन्त्रालयमा कुरा बाझिन्छ । कसरी काम अगाडि बढ्न सक्ला र !

आफुखुसी उद्योगहरु थपिंदै जाँदा अहिले देशभर १० हजार ग्रील उद्योग छन्

देशभर करिब १० हजार हाराहारीमा ग्रील उद्योगहरु छन् । त्यसमा आधाजसो उपत्यकामा छ । घरहरु र जनघनत्व पनि यहिं बढि छ । यस बीच २०५४ सालमा ग्रीललाई दर्तामा रोक लाग्यो । पहिले ३/४ सयमा रहेको उद्योगले माग धान्न नसकेपछि विस्तारै आफु खुसी उद्योगहरु निरन्तर थपिंदै गए ।

कानुनी दायरामा बसेर व्यवसाय गर्न पाउनुपर्छ भनेपनि कानुनी दायराले नै बैद्य व्यवसाय गर्न पाईएन

सरकारबाट अनुगमन भएन । त्यसपछि उद्योग व्यवसाय गरेपछि कानुनी दायरामा आउनुपर्छ राज्यलाई राजश्व तिर्नुपर्छ र बैद्य व्यवसाय गर्नु पर्छ भन्ने हाम्रो माग लगातार रहँदै आयो । २०६९ सालमा माग पुरा भयो । ग्रीलको दर्ता खुल्ला भयो । तर ग्रील उद्योग दर्ता गर्दा अपनाउनुपर्ने प्रक्रियामा समस्या रह्यो । उद्योग दर्ता गर्दा चार किल्लाको सिफारिस अनिवार्य भयो । व्यवसायीले चारकिल्लाको सिफारिस लिन सकेनन् । ग्रील उद्योगबाट बढि आवाज आउने हुँदा सिफारिस दिन कसैले मानेन । अहिले चाहेर पनि ग्रील उद्योग दर्ता हुन सक्दैन ।

नेपालका ७५ प्रतिशत व्यवसायी अबैद्य, राजश्व नतिरी संचालनमा !

अहिले नेपालका २५ प्रतिशत बाहेक सबै अबैध व्यवसायी हुन् । काठमाडौमा २५ प्रतिशत मात्रै दर्तामा छन् । अरु ७५ प्रतिशतले राजश्व नतिरी ग्रील व्यवसाय संचालन गरिरहेका छन् । तर सरकारी नियमका कारणले त्यसो भएको हो ।

Mohan Katuwal greel

या त सबै उद्योगलाई बन्द गर्न सक्नुपर्यो,या त हामीलाई क्षेत्र छुट्याएर राखिदिने व्यवस्था हुनुपर्यो

हाम्रो भनाई हामीले आफैंले आचार संहिता बनाएका छौं । राति काम गर्दैनौं, उद्योगबाट निस्केको फोहरलाई आफैं व्यवस्थापन गर्छौं । ग्रीलजन्य सामानको मूल्यसूचि हामी सबैले देख्ने गरी राखेर काम गर्छाैं । सुरक्षाका उपकरण अपनाउँछौं । छरछिमेकले उजुरबाजुर गर्यो भने उद्योग सार्छु भनेर प्रतिबद्ध हुँदा पनि केहि हुन सकेन । त्यसकारण यात सबै उद्योगलाई बन्द गर्न सक्नुपर्यो, यात हामीलाई क्षेत्र छुट्याएर राखिदिने व्यवस्था हुनुपर्यो । हामी २५ प्रतिशत उद्योगमा र बाँकी ७५ प्रतिशत अन द स्पोटमा गएर काम गर्ने व्यवसायी हौं , हामीलाई सोहि किसिमको वातावरण मिलाई दिनुपर्यो । स्थानको अभाव, यातायात लगायत समस्याका कारण ठूला उद्योगहरु चाहेर पनि सहरभित्र बस्न सक्ने अवस्था छैन । साना–साना उद्योग जसले स्थानीयस्तरमा सेवा दिइर्एरहेका छन् ती उद्योगलाई दर्ता गरिदिनुपर्छ भन्ने सरकारसमक्ष हाम्रो माग छ ।

राजश्वका व्यक्तिहरु नै व्यवसाय दर्ता नगरी चलाउनोस् भन्छन् !

तर एउटा दुखद कुरा राजश्वका व्यक्तिहरु र मन्त्रीले पनि तपाईहरु जसरी चलिआउनुभएको छ त्यसरी नै चलाउनुस् । तपाईहरुलाई दिएपछि अरु व्यवसायलाई पनि दर्ता गरिदिनुपर्छ भन्छन् । अझ राजश्वबाट त तपाईहरु सानो–सानो काम गर्नुहुन्छ । तपाईहरु धेरै जनाले दिएको राजश्व त ठूलो एउटै उद्योगले नै दिन्छ भनेर त्यस्तो जवाफ फर्काउँछन् । यो दुखको कुरो हो । चाहे व्यवसाय सानो नै किन नहोस् सरकारले त्यसको संरक्षण र सम्बद्र्धन गर्नैपर्छ ।

सरकारले आफुले गर्ने काम त गरिदिनुपर्यो ?

नीतिहरुमा घरेलु, लघुउद्यमलाई सुबिधा दिने भन्छन् । बिदेशी लगानी भित्र्याउने भन्छन् । भएका उद्योग संरक्षण गर्न सरकारले सकिरहेको छैन । हामी व्यवसायीले सबै काम सरकारले गरिदेओस भनेको हुँदै होईन । जुन काम सरकारले गर्न सक्छ, नीति नियम बनाउने काम, व्यवसायीक वातावरण बनाउने काम, दण्ड जरिवाना गर्ने काम सरकारले गर्ने हो बाँकी काम हामी आफैं गर्छाै ।

Mohan Katuwal,Greel

व्यवसाय आफैं बैंद्य छैन भने उसले कसरी श्रमिकलाई बैद्यता दिनसक्छ ?

दर्ता नहुँदा बैंकबाट ऋण लिन पनि पाउँदैनौं । सँगसँगै श्रमिकको समस्या लिएर आउँछन् । व्यवसाय आफैं बैंध छैन भने उसले कसरी श्रमिकलाई बैद्यता दिनसक्छ । हामी बैद्य व्यवसायी हुन चाहन्छौं राजश्व तिर्छाैं भन्दा हुँदैन पनि कहिल्यै भन्दैनन् । माग पनि कहिल्यै पूरा हुँदैन । सम्झाउँदै जान्छौं मन्त्रीलाई बुझाउँदै जान्छौं मन्त्री ५ महिनामा फेरिन्छ । सचिवलाई बुझाउँदै जान्छौं । उनीहरु ठिक्क बुझ्ने हुन्छन् अनी उनी सरुवा भएर अन्यत्र जान्छन् । फेरी सुरुदेखि बुझाउने काम गर्नुपर्छ हाम्रो काम बुझाउने मात्र भईरहेको छ ।

ग्रील महासंघले के–के गरिरहेको छ ?

महासंघले व्यवसायीलाई एकत्रित गर्ने, आफ्नो स्रोत र साधनले भ्याएसम्म प्रबिधिबारे जानकारी, नयाँ मूल्य र गुणस्तरीय व्यवसाय र स्वस्थ्य व्यवसाय गर्न उत्प्रेरणा, व्यवसायीक तालिम, जनस्वास्स्थ्यमैत्री, वातावरण मैत्री उद्योग गर्न सिकाउने, समस्या पर्दा व्यवसायीकोमा गएर सहयोग गर्ने, दक्ष जनशक्ति उत्पादनमा पहल गर्ने गरिरहेका छौं । महासंघको पहिलो प्राथमिकता भनेको व्यवसायलाई व्यवथित र मर्यादिन कसरी बनाउने र व्यवसायीहरुलाई स्थापित गर्ने काममा महासंघ लागिरहेको छ ।
हामी प्रदेशमा गएअनुसार सबै जिल्लामा आफ्नो संगठन विस्तार गर्दै सबै व्यवसायीलाई कानुनी दायरामा ल्याउने कार्य थालेका छौं । सबै प्रदेशमा तालिम केन्द्र खोलेर अगाडि बढाउने र पढेलेखेका मानिसहरुलाई पनि यसमा आकर्षित गर्ने काम गरिरहेको छौं । मानिसहरु पैसा कम भएर काम छोडेर बिदेश गएका हुन् । व्यवसायीसँग आश्रित परिवार सहित उनीहरुले पनि सक्ने काम र महिलालाई पनि काममा सहभागी गराएर परिवारका मानिसहरु महिलालाई पनि सहभागी गरेर जाने योजनामा छौं ।

नयाँ प्रबिधिलाई भित्र्याउँदै जानेछौं

कहिपनि दर्ता नहुने घर घरमा काम गर्ने र बिचैमा छोड्ने जुन व्यवसायीहरु छन् । उनीहरुलाई रोकेर कानुनी दायरामा ल्याउने र उपभोक्तालाई असर नगर्नेगरि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार काम गर्ने, त्यो सोचेका छौं । अब धेरै उद्योग मिलेर संयुक्त काम गर्ने हो कि भनेर लागेको छौं । किनभने संधै यो शहरमा बसेर काम गर्न सकिन्न । दिप्रतिदिन घनत्व बढ्दैछ । नयाँ प्रबिधिलाई भित्र्याउँदै जानेछौं । वातावरण मैत्री प्रबिधि भित्र्याउन हामी सरकारसँग अनुदान सहयोग लगायत र अन्तर्राष्ट्रिय रुपमा प्रतिष्पर्धा गर्न सफल भएका छौं ।

चीनबाट नेपाल आउने सामान यूज एण्ड थ्रो भइरहेको छ

हिजो सबै भारतमा भर पर्नुपर्ने थियो । तर फलाम लगायत सबै आयात हुन्छ । यस्तै रहेमा नेपाल डम्पिङ साईड हुन्छ । गुणस्तरीय सामान नआउँदा यस्तो भएको छ । चीनबाट नेपाल आउने सामान यूज एण्ड थ्रो भइरहेको छ । त्यसलाई व्यवस्थापन गर्ने कसरी? हरेक चिज त्यति गुणस्तरीय सामान आउँदैन । त्यसलाई जहाँ पायो त्यहि फ्याक्न पाउन्न । सरकार आयातलाई मात्र प्रोत्साहन दिईरहेको छ । यहि उत्पादन र आयात रोक्नु पनि निर्यात सरह हो भन्ने बुझ्नुपर्छ ।

ग्रीलको काम बाटो बनाउनेले पाउनुभएन

हामीले वार्षिक ३० अर्बको कारोबार गरिरहेका छौं । ७५ प्रतिशत कभर गरेको छौं । १०० प्रतिशत गर्नसक्छौं । अहिले ठूल्ठूला कम्पनीले बाहिरबाट सामान झिकाएर काम गरिरहेका छन् । त्यो हामी गर्नसक्छौं । हामीलाई गर्न दिनुपर्यो । ग्रील महासंघको माग जसको दक्षता छ त्यसले काम गर्नुपर्यो । ग्रीलको काम बाटो बनाउनेले पाउनुभएन । दक्षताअनुसार दिनुपर्छ । अहिलेबाट बाहिरबाट मानिस ल्याएर काम गर्ने प्रवृति रोकोर स्वदेशी उत्पादन, शिप क्षमता दक्षताको सदुपयोग गर्दै स्वदेशी उत्पादनको प्रयोगमा जोड दिनु पर्यो । स्वदेशी वस्तु १५ प्रतिशत महंगो भएपनि प्रयोग गर्नुपर्छ ।

मानिसको ज्यान लिने सरहको काम व्यवसायीक क्षेत्रको बदमासी !

केहि व्यक्तिहरुले निजी स्वार्थमा राजनीतिक दललाई सहयोग गरेको रकम पनि सर्वसाधारणसँग उठाउने गलत काम भईरहेको छ । यसलाई प्रश्रय दिनुहुन्न । गलत लाई गलत नै भन्नुपर्छ । हामीसँग त्यो क्षमता हुनुपर्छ । मिति सकिएको सामान मिति सच्याएर बेच्ने काम पनि भएको छ । यस्तो कार्य मानिसको ज्यान लिनु सरह हो । मूल्य लिएपछि गुणस्तरीय सामान दिनुपर्छ । काम गर्दा इमान्दारीताका साथ गर्नुपर्छ ।

राजश्व भनेपछि व्यवसायी सात पुस्ता भाग्ने प्रचलन छ

व्यवसायीले गल्ती गर्छ भने हाम्रो व्यवसायले त्यसलाई समर्थन गर्दैन । कतिपय छाता संस्थामा गल्ती गर्नेलाई संरक्षण गर्ने काम पनि भएको छ । हाम्रो महासघले त्यो कदापी गर्दैन । राजश्व भनेपछि व्यवसायी सात पुस्ता भाग्ने प्रचलन छ । गलत गरेको छैन भने किन भाग्नुपर्यो ? समयमा राजश्व तिरेमा के को डर ? देशको नीति नियमअनुसार चल्नुपरयो ।

(अर्थतन्त्रका लागि हरिशरण न्यौपानेसँगको कुराकानीमा आधारित संपादित अंश )

प्रकाशित मितिः २०७३ फागुन २२

वि.सं.२०७३ फागुन २२ आइतवार १४:३८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...