back
NMB ad

पूर्वी नेपाल घुम्न गएका पर्यटकलाई बाँदरले बोक्न थालेपछि…

Kumari bank ad

 

हरिशरण न्यौपाने, इलाम । काठमाडौका शासकका लागि मोटर चढ्न औधी रुची भएपछि ६५ जना सम्मको समूहले काँधमा बोकेर काठमाडौमा मोटर भित्र्याएको इतिहास बोकेका नेपाली हौं हामी । नेपालको राजधानी काठमाडौं जोडिने पहिलो राजमार्ग सन् १९५६ मा बन्यो । तत्कालिन अबधिमा राणाहरु कारका सौखिन थिए । तर पनि काठमाडौ सम्म गुडाएर ल्याउने बाटो थिएन । त्यसैले एकमात्र विकल्प भनेको भरियाहरुहरुले काँधमा बोकेर मोटर भित्र्याउँथे ।

तत्कालिन अबधिमा राणाहरु जो मर्सिडिज र फोर्ड कम्पनीका लग्जरी कार भरियालाई बोकाएर ल्याउँथे । साथै त्यसका लागि चाहिने इन्धनको जोहो पनि भरियाहरुलाई बोक्न लगाएरै हुन्थ्यो ।

लग्जरी कार प्रति राणाको राम्रै मोह चाल पाएका हिटलरले सन् १९३९ मा जुद्धशम्शेर राणालाई मर्सिडिज बेन्ज नै उपहार पठाएका थिए । दोस्रो विश्वयुद्धमा गोर्खालीहरु लाई टाढै राख्न हिटलरले यस्तो महँगो उपहार पठाएका थिए भनेर अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका न्यूज रिपोर्टहरुमा उल्लेख गरिएको पाईन्छ ।

Badare Moter Arthatantra 4

त्यहि विश्वयुद्धमा लड्नका लागि ब्रिटिसहरुले प्रयोग गरेका मोटरहरुको चर्चा खासै छैन । तर ती दोस्रोविश्वयुद्धका मोटरहरु आज पनि नेपालका भिरपाखाहरुमा शानका साथ गुडीरहेका छन् । अझ भनौं दोस्रो विश्वयुद्धताका प्रयोग भएका ल्याण्डरोभर मोटरहरुले पूर्वी नेपालका विभिन्न स्थानको कठिन यात्रालाई सहज बनाईदिएको छ । यी मोटरहरु नियमित प्रयोगमा छन् । त्यहाँ घुम्न गएका पर्यटकलाई बोकिरहेका छन् ।

Badare Moter Arthatantra 2

रोचक कुरा त के छ भने दोस्रो विश्वयुद्धका बेला ब्रिटिसहरुले प्रयोग गरेका ६०/७० को हाराहारीमा रहेका ती ल्याण्डरोभर मोटरहरुलाई पूर्वेलीहरुले ʽबाँदरʼ को संज्ञा दिएका छन् । पूर्वी नेपालमा यी मोटरहरुलाई ʽबाँदरे गाडीʼको रुपमा नै चिनिन्छ । त्यसैले पूर्वेलीहरु बाँदरले जो कोहि पर्यटकलाई बोक्छ भन्न पछि पर्दैनन् ।

Badare Moter Arthatantra 3

ती मोटरमा यात्रा गरेपछि थाहा हुने रहेछ कि किन ती मोटरहरुलाई बाँदर अर्थात् बाँदरे गाडी भनियो भनेर । किनकि ती ल्याण्डरोभरहरु भिरपाखाको अप्ठेरो कच्ची बाटो, दबदबे हिलो भएको बाटो लगायत खाल्डा खुल्डी परेको बाटोमा पनि बाँदरले एक रुखबाट अर्काे रुखमा जम्प गरे जस्तै गरि जम्प गरेर अगाडि बढ्ने रहेछन् । अर्थात् बाँदर एक रुखबाट जम्प गरेर अर्काे रुखमा गए जस्तै खाल्डा खुल्डीमा जम्प गरेर जाने भएकाले यो मोटरले बाँदरे गाडीको उपमा पाएको रहेछ ।

Badare Moter Arthatantra 6

पूर्वमा दार्जलिङ, इलाम, पाँचथर, ताप्लेजुङ लगायत स्थानमा बाँदरे गाडीको प्रयोग अत्याधिक रहेको छ । यो मोटरको अर्काे विशेषता पनि रहेको छ । ग्रामीण इलाका जहाँ हिउँ परेर जान नसक्ने अनि वर्षामा चिप्लो हिलो बाटो त्यस्तोमा पनि जम्प गरेर यो गाडी नफसीकन कुद्नसक्ने भएकाले पनि यसलाई ठेट नेपाली भाषामा बाँदरे गाडी भनिएको रहेछ ।

Badare Moter Arthatantra 5

यसले पूर्वी पहाडी जिल्लाको कठिन यात्रालाई सहज पार्ने काम सँगै १८ क्विन्टल सम्म सामानहरुको ढुवानी गर्ने गरेको इलाम पर्यटन प्रबद्र्धन सरोकार समितिका महासचिव देवी पौड्यालले बताए । एकै पटकमा करिब ५ वटासम्म काठको पोलहरु बोकेर यो मोटरले गाउँ गाउँ सम्म पुर्याउने गरेको उनी बताउँछन् ।

Badare Moter Arthatantra1

नयाँ ल्याण्डरोभर मोटरहरु नयाँ डिजाईनमा आएका छन् । तर इलाम लगायत पूर्वी पहाडी जिल्लामा चल्ने यी मोटरहरु दोस्रो विश्वयुद्ध पश्चात् बर्षौं वर्ष देखि नेपाली भूमिमा निरन्तर संचालनमा छन् । ब्रिटिसहरुले छाडिदिएका ती मोटरहरुले नै आजका दिनमा पूर्वको यात्रालाई सहज बनाईदिएको छ ।

Badare Moter Arthatantra 7

प्रकाशित मिति:२०७३ साउन २८ गते ४ः३० बजे

वि.सं.२०७३ साउन २८ शुक्रवार १७:०० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...