back
NMB ad

पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभीको संक्रमण

Kumari bank ad

काठमाण्डौं । पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो देखाएको हो ।

३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण देखिएको थियो । विश्वविद्यालयले पहिलो समूहमा १२, दोस्रोमा ११ र तेस्रोमा १६ बाँदरमा अध्ययन गरेको थियो । जसअनुसार १७ भाले र २२ पोथी बाँदर थिए । अनुसन्धानकर्तालाई उद्धृत गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनका अनुसार नेपाल बाँदरको टोकाइबाट लाग्ने क्यान्सर र एचआइभी-एड्सको उच्च जोखिममा छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

‘नेपालको पशुपति र स्वयम्भूका बाँदर मान्छेदेखि डराउँदैनन् । उल्टै मानिसलाई आक्रमण गर्न आउँछन् । यस्तो अवस्थामा मानिसलाई चिथोर्यो‍ वा उसको शरीरमा भएको रगत मानिसमा सर्यो‍ भने कुनै न कुनै समयमा त्यस्तो मानिसमा क्यान्सर, एचआइभी-एड्सलगायतका अन्य रोग सर्न सक्छ,’ अनुसन्धानकर्ताको भनाइ उद्धृत गर्दै डा पुनले भने ।

कुनै पनि पशुले टोकेमा वा बाँदरले चिथोरेमा टिटानसको सुई लगाउने गरिन्छ । रेबिजको सुई लगाउने पनि गरेको पाइन्छ । तर, अनुसन्धानका क्रममा नेपालका बाँदरमा योभन्दा पनि भिन्न प्रकारको उच्च जोखिम भएको भाइरस फेला परेको डा पुनले बताए ।

हेर्पेस बी भाइरसले इन्सेफ्लाइटिसको जोखिम अत्यधिक हुन्छ । यसको मृत्युदर मानिसमा ६० प्रतिशतसम्म भएको देखिएको छ ।

डा पुनले गाउँका भन्दा सहरका बाँदरबाट बढी समस्या देखिएको बताए । अस्पतालमा उपचार गराउन आउनेमध्ये सबैजसो पशुपति र स्वम्यभूका बाँदरले टोकेका मानिस रहेको उनले बताए । यस्ता बाँदरले टोकेकोमा मानिसको स्वास्थ्यमा गम्भीर समस्या पर्ने उनको भनाइ छ । ‘मन्दिरका बाँदरहरू धेरै छुच्चा हुन्छन् ।

बाँदरले टोकेका पाँचजना बिरामी दैनिक टेकु अस्पताल पुग्ने गरेका छन् । तीमध्ये अधिकांश स्वयम्भू र पशुपतिका बाँदरले टोकेका रहेको डा। पुनले बताए ।

वन्यजन्तुविज्ञ डा मुकेशकुमार चालिसेले बाँदर र मानिसमा उस्तै रोग हुने गरेको बताए । ‘पशुपति र स्वम्यभूका बाँदर एकै प्रकारका हुन् । पशुपति र स्वयम्भूमा गरी नौ सयको संख्यामा बाँदर छन् । आहारको हिसाबले त्यो अत्यन्तै धेरै संख्या हो ।

३० फागुन २०७३, नयाँ पत्रिका दैनिक, ११।००

वि.सं.२०७३ फागुन ३० सोमवार ११:१७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...