back
NMB ad

सगरमाथामा दलाई लामाको झण्डा फहराउने को ?

Kumari bank ad

काठमाडौ। एक हिमाल आरोहीले आइतबार विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा दलाई लामाको झण्डा फर्फराएर फर्किएका छन् । एक चीन नीतिप्रति प्रतिवद्ध रहेको नेपालमा भएको यस्तो गैरकानूनी कार्यबारे नेपाल सरकारले छानविन सुरु गरेको छ ।

भारतमा निर्वासित तिब्बतीयन धर्म गुरु दलाई लामाका समर्थकले सगरमाथाको चुचुरोमा पुगेर झण्डा फर्फराएको रिर्पोट नेपाल सरकारको सम्वन्धित निकायहरुमा पुगेको छ । तर, दलाई लामाको झण्डा फरफराउने व्यक्ति तिब्बतियन नागरिक हुन् वा नेपाली हुन् भन्ने खुलेको छैन ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार अहिले पनि सगरमाथाको चुचुरोमा दलाई लामाको झण्डा फर्फराइरहेको छ । झण्डासँगै चुचुरोमा दलाई लामाका फोटो समेत राखिएको छ । सरकारी निकायहरुले उक्त झण्डा हटाइदिन सगरमाथा चढिरहेका हिमाल आरोहीहरुलाई आग्रह गरेका छन् ।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले अहिले यस विषयमा छानविन भइरहेको बताए । उनले नेपालकै संयन्त्रबाट त्यस्तो सूचना सरकारलाई आएको र उक्त कार्यमा संलग्नको खोजी भइरहेको बताए ।

प्रकाशित मितिः २०७४ बैशाख १०

वि.सं.२०७४ जेठ १० बुधवार १६:२३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...