back
NMB ad

सगरमाथामा अक्सिजन चोरको बिगबिगी,आरोही जोखिममा !

Kumari bank ad

सोलुखुम्बु । अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ । उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले अक्सिजनका सिलिन्डर लगेका हुन्छन्, केही बेर अक्सिजन नपाएमा छटपटिएर मर्नुपर्ने त्यो ठाउँमा अक्सिजनका सिलिन्डर नै चोरी हुँदा कतिको ज्यानै जोखिममा पर्ने गरेको छ ।

विदेशी पर्वतारोही र शेर्पाहरुले सगरमाथाका उच्च शिविरमा दिन प्रतिदिन अक्सिजनका सिलिन्डर हराउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । जटिल मौसम, हिमाल चढ्न र ओर्लन समय लाग्ने भएकाले अक्सिजनका सिलिन्डर हराउँदा ज्यान नै जोखिममा पर्नसक्ने उनीहरुको चिन्ता छ ।

‘माथिमाथि यो विषय एकदमै गम्भीर बनिरहेको छ, यस पटक पनि बारम्बार सिलिन्डर चोरिएको घटना मैले सुनें’ हालै सगरमाथा आरोहण गरेर फर्किएका पथ प्रदर्शक छिरिङ तेञ्जिङ शेर्पाले बताए ।
उनी भन्छन्, ‘यसले एकदमै जोखिमपूर्ण हुनसक्छ किनभने माथि गइरहँदा चुचुरोमा नपुग्दै उनीहरुको अक्सिजन सकिनसक्छ र फर्कनका लागि उनीहरुले सञ्चित गरिएका सिलिन्डर प्रयोग गर्ने योजना बनाएका हुन्छन्, त्यो हराउँदा ज्यानसमेत गुमाउनुपर्छ’ पर्वतारोहण क्षेत्रमा कार्यरत मानिसले यस्तो चोरी एउटा प्रवृत्तिका रुपमा विकास भइरहेको बताएका छन् ।

नेपाल राष्ट्रिय पर्वतारोहण गाइड एसोसिएसनका महासचिव फुर्वा नामग्याल शेर्पा भन्छन्, ‘टेन्टका ताला फोडेर चोरहरुले अक्सिजनका सिसी, खानेकुरा र खाना पकाउने ग्यास सिलिन्डर लैजान थालेपछि आफूहरुले केही गर्न सकिदैन’ ‘यस्ता घटनाका कारण आरोहीले चुचुरोमा नै नपुगी फर्कनुपरेको पनि छ किनभने जीवन रक्षाका लागि अनिवार्य अक्सिजन नै हराएपछि फर्कनुको विकल्प छैन’ शेर्पाले भने ।

पथप्रदर्शककाअनुसार आरोहीहरुले सगरमाथाको चुचुरोमा पुग्न र त्यहाँबाट फर्कन औसतमा सात सिलिन्डरसम्म अक्सिजनको खपत गर्ने गर्छन् । आरोहीले श्वासप्रश्वासका लागि त्यसलाई फरक÷फरक परिमाणमा खपत गर्छन् र एकदमै उच्चदरमा प्रयोग गर्दा एउटा सिलिन्डर पाँच घन्टासम्म प्रयोग गर्न सकिने पथप्रदर्शक बताउँछन् ।

गुनासो गर्नु मात्र हो, त्यहाँ सुन्ने कोही हुँदैन, सुरक्षाकर्मीको उपस्थिति हुन्न, सरकारले खटाएका सम्पर्क अधिकृत एकाध दिनबाहेक बस्दैनन्, त्यसैले अक्सिजन चोरीका घटना बढ्दै जाँदा आरोहणमै चुनौती थपिनसक्ने जानकार बताउँछन् । माथिल्ला शिविरबाट चोरिएका सिलिन्डरलाई आधार शिविरमा ल्याएर बेच्ने गरिएको पथप्रदर्शक बताउँछन् ।

आरोही छिरिङ शेर्पा भन्छन् ‘आधार शिविरमा त्यसका लागि राम्रो बजार रहेको जस्तो देखिन्छ ।’ समस्या बढ्दै गएकोले यसलाई सरकारी तहको उच्च निकायबाट ध्यान दिन जरुरी छ । रासस

प्रकाशित मितिः २०७४ जेठ १७

वि.सं.२०७४ जेठ १७ बुधवार १६:५४ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...