back
NMB ad

सगरमाथा आरोहण अभियान मौसमका कारण ढिला हुनसक्ने !

Kumari bank ad

हरिशरण न्यौपाने,काठमाडौ । यसवर्षको सगरमाथा आरोहणका लागि डोरी टाँग्ने कार्य अप्रिल ३० देखि मे २ तारिखभित्र सम्पन्न गर्ने योजना भएपनि मौसम प्रतिकुलताका कारण उक्त कार्य पछाडि धकेलिएको छ । मे ५ र ६ मा पुनः उक्त कार्य सम्पन्न गर्ने भनिएपनि मौसम अनुकुल नभएका कारण सम्पन्न हुन नसकेपछि सगरमाथा आरोहण अभियानमै ढिलाई हुनसक्ने देखिएको हो ।

mount everest summit1

आरोहण अभियानका लागि तत्पश्चात् पुनः मे ८ मा आरोहणको लागि बाल्कुनीसम्म डोरी टाँग्ने कार्य भएको छ । मे ९ मा समिटसम्म पुर्याउने लक्ष्य लिईएपनि मौसम प्रतिकुलताका कारण सम्पन्न हुन सकेको छैन ।

mount everest summi6

७ जनाको टिम डोरी टाँग्ने कार्यमा करिब ३०/४० दिनदेखि लागिपरेको छ । आधार शिविरमा रहेका आरोही टोलीका सदस्यहरुले नै चयन गरेर उक्त टोली डोरी टाँग्ने कार्यमा सक्रिय छ । यस कार्यको व्यवस्थापन आधार शिविरमा रहेका स्वदेशी तथा बिदेशी व्यवसायी एवं आरोहीहरुले गरिरहेका छन् ।

पर्वतारोहण संचालक संघका अध्यक्ष डम्बर परजुलीका अनुसार डोरी टाँग्ने कार्यमा लाक्पा नुरु शेर्पा, पेम्बा छिरिङ शेर्पा, दाबा तेन्जिङ शेर्पा, आङ पेम्बा शेर्पा, निमारिता शेर्पा, उर्गेन हेन्दुप शेर्पा र ग्याल्जेन दोर्जे शेर्पा सहभागी छन् ।

mount everest summi7 mount everest summi4 mount everest summi2 mount everest summi3

गत साल मे ९ मा नौ जनाको समूहले डोरी टाँगी समिट पुग्न सफल हुँदा पर्वतारोहणको इतिहाँसमै सबैभन्दा बढिले सगरमाथा आरोहण गरेका थिए । गतसाल ४५४ जनाले सगरमाथाको आरोहण गरेका थिए ।

यसपाली आरोहण गर्न हालसम्म ३७३ जनाले अनुमति लिएका छन् । मौसम प्रतिकुलताका कारण भएको ढिलाईले आरोहणका क्रममा बाटोमा ट्राफिक जाम पर्न सक्छ कि भन्ने आशंका गरिएको छ । तापनि आधार शिविरमा रहेका समन्वय समूह, सम्पर्क अधिकृत, एवं आरोहीहरुको समन्वयमा विगत वर्षहरुमा गरिएको आरोहण अनुरुप भिडभाड नहुने गरी समन्वय गरेर आरोहण गर्न अध्यक्ष पराजुलीले सबैसँग आग्रह गरेका छन् ।

“हाल मौसमको पूर्वानुमान गर्दा अझै सुधार हुन केहि दिन लाग्नेछ । तापनि यथासमयमा सबै आरोहीले बिना बाधा अबरोध आरोहण सम्पन्न गर्नेमा आशा राखेका छौं ।” नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य कृष्णकुमार अर्याललले भने ।

mount everest summi8

यस्तै नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले ग्लोबल वार्मिङका कारण मौसम प्रतिकुल हुन पुगेको र छिट्टै मौसममा सुधार आई आरोहण अभियान अगाडि बढ्ने आशा व्यक्त गरेका छन् ।

यता बेश क्याम्पमा रहेका सदस्यहरुका अनुसार भोलिदेखि पुनः सुरु गरि मे १४ सम्ममा समिटसम्म डोरी टाँग्ने कार्य सम्पन्न गरिने लक्ष्य लिईएको पर्वतारोहण संचालक संघका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिएका छन् ।

प्रकाशित मितिः २०७४ बैशाख २८

वि.सं.२०७४ वैशाख २८ बिहीवार १२:४२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...