back
NMB ad

काठमाडौमा पर्वतारोहण पर्यटन सम्मेलन सुरु

Kumari bank ad

काठमाडौ। मकालु र कञ्चनजङ्घा हिमाल आरोहणको ६०औँ वर्ष प्रवेश गरेको (हीरक जयन्ती) को अवसरमा दुईदिने पर्वतारोहण पर्यटन सम्मेलन सुरु भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, युनियन अफ एसियन अल्पाइन, युनियन अफ इन्टरनेसनल अल्पाइन र आइसेट नेपालको संयुक्त आयोजनामा भएको सम्मेलनमा मौसम परिवर्तन एवम् गत वर्ष भूकम्पले पारेको प्रभावका विषयमा पनि छलफल प्रारम्भ भएको छ ।

सन् १९५५ मे १५ मा मकालु हिमाल र सन् १९५५ कै मे २५ मा कञ्चनजङ्घा हिमाल आरोहण सुरु भएको थियो ।

सम्मेलन उद्घाटनका क्रममा मन्त्रालयका सहसचिव ढुण्डी घिमिरे, युनियन अफ एसियन अल्पाइनका अध्यक्ष डा ली इन्जुङ युनियन अफ इन्टरनेसनल अल्पाइनका प्रतिनिधि सोफी जेराल्ड, सङ्घका अध्यक्ष आङछिरिङ शेर्पालगायतले नेपालको पर्वतीय क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सके आयस्रोतको भरपर्दो माध्यम बन्नेमा जोड दिएका छन् ।

मकालु हिमाल आरोहणको हीरक जयन्तीकै अवसर पारेर मङ्सिर ६ गते सङ्खुवासभामा राष्ट्रपति विद्यादेवी भण्डारी र मङ्सिर ७ गते ताप्लेजुङमा प्रधानमन्त्री पुष्पकमल दाहालकोे प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गर्ने तयारी भएको सो अवसरमा जानकारी गराइयो ।

भोलिसम्म चल्ले सम्मेलनकै अवसरमा शनिबार प्रभातफेरी सहित टुँडिखेलमा भव्य कार्यक्रम हुने छ । सम्मेलनकै अवसर पारेर एसियन पर्वतारोहण महासङ्घको महासभा पनि नेपालमा आयोजना गरिएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर ३

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १५:१५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...