back
NMB ad

यो वर्ष सगरमाथा चढ्न अनुमति लिनेको भीड

Kumari bank ad

सोलुखुम्बु। सगरमाथाका आरोहणका लागि यो वर्ष अनुमति लिने आरोहीको सङ्ख्या अत्याधिक रहेको छ। सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही वैशाखको पाँचौ हप्ता मौसम अनुकूल हेरेर सगरमाथा चढ्छन् ।

मौसम राम्रो भएकै बेला सबै आरोही दोस्रो, तेस्रो वा चौथो शिविरबाट शिखरतर्फ जाने भएकाले चौथो शिविरदेखि शिखिरसम्मका विभिन्न स्थानमा ट्राफिक जाम हुने जोखिम हुन्छ ।

सगरमाथा आरोहणका लागि अघिल्लो वर्षको तुलनामा यस वर्ष आरोही अधिक रहेको पर्यटन विभागले जनाएको छ । आरोहीको सङ्ख्या अधिक रहेकाले यस वर्ष सगरमाथामा आरोहीकै जाम हुने खतरा रहेको आरोहण सहयोगी पेम्बा दोर्जी शेर्पाले बताए।

सन् २०१४ मा सगरमाथामा गएको हिम पहिरोका कारण आरोहण अवरुद्ध भएपछि मार्ग अनुमति लिइसकेकालाई यस वर्षसम्म पुरानै शुल्कमा आरोहण गर्ने सुविधा दिइएकाले आरोहीको सङ्ख्यामा वृद्धि भएको विभागले जनाएको छ ।

विसं २०७१ पछि तीन वर्षभित्र आरोहण गरे पहिले लिएकै अनुमतिपत्रलाई आधार मानेर पहिले तिरेकै शुल्कमा आरोहण गर्ने सुविधा सरकारले दिएको छ । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालले भने “तीन वर्षको अवधिको यो अन्तिम वर्ष यो हो, अवसर नगुमाउन पहिला नै अनुमति लिएका आरोही आएका छन् । त्यसैले आरोहीको सङ्ख्या यस वर्ष अधिक हुने भएको हो ।”

अघिल्लो वर्ष सगरमाथा आरोहणका लागि दुई सय ८९ जना अनुमति लिई आधार शिविर पुगेका थिए । यस वर्ष अहिले नै दुई सय ६७ जना नाम्चेबाट उकालो लागिसकेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए।आरोही वैशाखको मध्यसम्म अनुमति लिएर जाने गर्छन् । सम्पर्कमा आउने क्रम बढिरहेकाले यो सङ्ख्या बढी झन्डै चार सय पुग्ने विभागले जनाएको छ ।

आरोहणका लागि अनुमति लिनेभन्दा उनीहरुका सहयोगी बढी हुने गर्छन् । प्रत्येक आरोहीसँगै आरोहण सहयोगी पनि जाने भएकाले यस वर्ष एक हजारको हाराहारीमा मानिस सगरमाथाको शिखरमा पुग्ने आँकलन गरिएको छ ।

सहयोगीकै रुपमा पाँच पटक सगरमाथाको शिखरमा पुगिसक्नुभएका फोर्चेका सोनाम शेर्पा भन्छन् “सबैलाई मौसम सफा भएको बेला शिखरमा पुग्ने हतार हुन्छ, त्यहाँ पालो मिलाउने पठाउने व्यवस्था हुन्न, यस वर्ष जाम हुने सम्भावना छ, फर्कँदा जाममा परेमा अक्सिजन सकिने तथा जिउ कमजोर भइसकेको कारण ज्यान तलमाथि हुन सक्छ ।”

मार्सल सेल्फ डिफेन्स अन्तर्राष्ट्रिय सम्मेलन

सोलुदूधकुण्ड नगरपालिकास्थित पत्तालेमा ‘मार्सल सेल्फ डिफेन्स’ सङ्घको अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार सम्पन्न भएको छ । नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घको आयोजनामा सङ्घको मुख्य कार्यालय पोर्चुगलका प्रमुख एवम् ग्रान्ड मास्टर सोके मिग्युलको प्रमुख आतिथ्यमा भएको सो सम्मेलनमा पोर्चुगलका १७, भारतका तीन र नेपालका समेत गरी १०० भन्दा बढीको सहभागिता रहेको नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घ सोलुखुम्बुका संयोजक नुतन श्रेष्ठले जानकारी दिए।

संयोजक श्रेष्ठका अनुसार विश्वव्यापी रुपमा मार्सल सेल्फ डिफेन्स तालिम सञ्चालन गरी हरेक व्यक्तिलाई आत्मरक्षाको सीप लिन उत्साहित गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको हो ।

सोलुखुम्बुलाई खेलकुदका क्षेत्रबाट अन्तर्राष्ट्रियस्तरमा चिनाउन अन्तर्राष्ट्रिय सम्मेलन पत्तालेमा आयोजना गरिएको र सम्मेलनले खेलसँगै नेपाली पर्यटनमा सकारात्मक सहयोग पु¥याउने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष बिबी नेपालीले विश्वास व्यक्त गरे।

सम्मेलनका क्रममा करातेसम्बन्धी विभिन्न सीप प्रदर्शन गर्नाका साथै सहभागीलाई तालिमसमेत दिइएको छ पत्ताले डाँडासगरमाथालगायत अन्य उच्च हिमशृङ्खलाको दृष्यावलोकनका साथै हिमाली रहनसहन र संस्कृतिका दृष्टिबाट महत्वपूर्ण पर्यटकीय क्षेत्र मानिन्छ । भोजेन्द्र बस्नेत/रासस

फाईल फोटो

प्रकाशित मितिः २०७४ बैशाख ३

वि.सं.२०७४ वैशाख ३ आइतवार १०:२९ मा प्रकाशित

You can share this post!

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...