back
NMB ad

सगरमाथा आरोही पत्रकार महिला र राष्ट्रपतिबीच भेट

Kumari bank ad

काठमाडौं । समानताका लागि बुलन्द आवाज भन्ने नाराका साथ सगरमाथा आरोहण गर्ने तयारीमा रहेको प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रममा शुभकामना दिएकी छिन् । सो अवसरमा उनाँले नेपाली नागरिक, महिला तथा पत्रकारको हैसियतले पेचिलो सामाजिक जिम्मेवारीको वोध गर्दै ६४ वर्षको सगरमाथा आरोहणको ईतिहासमा नयाँ आयाम थपिने भन्दै यस उत्साहजनक सोच सराहनीय भएको बताइन् ।

सम्पूर्ण नेपाली र नेपालको नाम फैलिने कार्य भएको हुँदा हरतरहको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उहाँले आरोहण कार्यको सफलताको शुभकामना पनि दिइन् । प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ अन्तर्गत रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रियालक्ष्मी कार्की(न्यूज २४ टेलिभिजन), कल्पना महर्जन(मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन तथा विःपी कोईराला ममोरियल प्लानेटेरियम अब्जरभेटरी र विक्षान सङग्रहालय विकास समिति ) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) गरि पाँच महिला पत्रकारहरु आगामी चैतमा सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारीमा छन् ।

साथै आरोहण सम्बन्धि तालिम लिन आगामी कात्र्तिक २९ गते बुधबारका दिन पत्रकार महिलाको टोली दोलखास्थित यालुङरी र रामदुङ ६००० मिटरका गरी दुई हिलाम आरोहण गर्न दोलखा रोलवालिङ प्रस्थान गर्नेछन् । राष्ट्रपति भण्डारीसंगको भेटको अवसरमा आरोही समूहलाई नेपाली दाजुभाई, दिदीबहिनी, विभिन्न सघसस्थाका् आर्थिक, भौतिक, नैतिक सहयोग तथा आर्शीवादको आवश्यकता रहेको आरोहण टोलीका सयोजक कल्पना महर्जनले बताइन् ।

प्रकाशित मितिः २०७४ कार्तिक २७

वि.सं.२०७४ कात्तिक २७ सोमवार १४:१८ मा प्रकाशित

You can share this post!

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...