back
NMB ad

एक लाख १३ हजार छ सय ६० कित्ता सेयर बिक्रीमा, माघ १९ सम्म किन्ने म्याद

Kumari bank ad

काठमाण्डौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक र सर्बसाधारण गरी एक लाख १३ हजार छ सय ६० कित्ता सेयर लिलामीमा राखेको छ । बैंकले सो परिणामको सेयर बोलकबोल मार्फत बिक्री गर्न लागेको हो । बैंकले असोज २१ देखि कात्तिक २५ गतेसम्म हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

बैंकले सर्वसाधारण समूहतर्फको एक लाख तीन हजार एक सय ६७ कित्ता र १० हजार चार सय ९३ कित्ता संस्थापक सेयर बोलकबोलमा बेच्न लागेको हो । ईच्छुक लगानीकर्ताले बोलकबोलमा माघ १९ गते कार्यालय समयभित्र आवेदन गर्न सक्नेछन् ।

लगानीकर्ताले कम्तिमा एक सय रुपैयाँ अंकित मूल्य तोकी त्यसभन्दा बढी अंकित मूल्य राखेर आवेदन गर्न सक्नेछन् । बोलकबोल मार्फत सेयर लिलामी गर्न बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल तथा मुक्तिनाथ विकास बैंक,पृथ्विचोक,पोखराबाट आवेदन फारम लिन र बुझाउन सकिनेछ । विक्री प्रबन्धक एनआइबीएल क्यापिटलले बोलपत्र माघ २१ गते दिउँसो ३ बजे लाजिम्पाटमा खोल्नेछ ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म २२ करोड नाफा कमाएको छ । चुक्ता पूँजी एक अर्ब ५३ करोड रहेको बैंकले निक्षेप १४ अर्ब तथा कर्जा १३ अर्ब नघाएको छ । बैंकको निस्क्रिय कर्जा अनुपात ०।१८ प्रतिशत रहेको छ । चुक्ता पूँजी दुई अर्ब ५० करोड पुर्याउन उसले ४० प्रतिशत हकप्रद बिक्रीमा ल्याउने प्रस्ताव अगाडि बढाउँदै छ ।

१३ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ १३ बिहीवार ११:२९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...