back
NMB ad

मुक्तिनाथ विकास बैंक र गुहेश्वरी मर्चेन्टको सेयर असोज २१ गतेबाट

Kumari bank ad

काठमाण्डौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले असोज २१ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १४ लाख ६८ हजार ६९७ कित्ता सेयर जारी गर्न लागेको हो ।

 

यो सेयर पनि कात्तिक २५ गतेसम्म भर्न पाइन्छ । कम्पनीले चुक्ता पुँजी २९ करोड ३७ लाख रुपैयाँ बराबरको ५० प्रतिशत सेयर जारी गर्न लागेको हो । मुक्तिनाथ विकास बैंकले पनि असोज २१ गतेदेखि नै हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका ४१ लाख ९२ हजार १६३ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले चुक्ता पुँजी ८३ करोड ८४ लाख रुपैयाँको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

भदौ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भइ कायम सेयरधनीले यो सेयरका लागि आवेदन दिन पाउँछन् । सेयर भर्ने अन्तिम मिति कात्तिक २५ गतेसम्म तोकिएको छ । दुबै कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । प्रकाशितः २०७३ असोन ४

वि.सं.२०७३ असोज ४ मंगलवार १५:४९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...