back
NMB ad

३४% बोनस बाँडेको बैंकको ४०% हकप्रद खुल्यो,लिने नलिने आजै निर्णय गर्नुस् !

Kumari bank ad

काठमाडौ । मुक्तिनाथ विकास बैंकले आगामी भदौ ४ गतेदेखि १० बराबर ४ कित्ता (१०ः ४)को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको छ । बैंकले ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले बैंकले निष्काशन गरेको हकप्रद सेयर खरिद गर्ने वा नगर्ने टुङो आज बिहिबार (साउन १९ गते) मा सम्म गरिसक्नु्पर्नेछ । साथै सेयर खरिद गरिसक्नुपर्नेछ । बैंकले हकप्रद प्रयोजनका लागि यहि साउन २० गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । त्यसो हुँदा हकप्रद लिनका लागि बुक क्लोज हुनुभन्दा अघिल्लो दिन अर्थात् आज १९ गतेसम्ममा सेयर किनिसक्नुपर्नेछ ।

बैंकको हकप्रदको सेयर आवेदन आगामी भदौ ४ देखि असोज ८ गतेसम्म खुला हुनेछ । बैंकको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स रहेको छ । लगानीकर्ताले एनआईबीएल क्यापिटल, मुक्तिनाथ विकास बैंक र नेपाल इन्भेष्टभेन्ट बैंकको विराटनगर, नेपालगन्ज र धनगढी शाखाबाट हकप्रद सेयरमा आवेदन गर्न सक्नेछन ।

बैंकको अहिले चुक्ता पूँजी एक अर्ब ५४ करोड ५८ लाख ३७ हजार रुपैंया रहेको छ । ४० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब १६ करोड हाराहारी पुग्ने छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३४ प्रतिशत बोनस वितरण र ५० प्रतिशत हकप्रद बिक्री गरेर पूँजी बढाएको थियो ।

प्रकाशित मितिः२०७४ साउन १९

वि.सं.२०७४ साउन १९ बिहीवार १०:३५ मा प्रकाशित

You can share this post!

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...