back
NMB ad

३५ हजारमा किनेको एउटा राँगोको एक महिनाको कमाइ नब्बे हजार

Kumari bank ad

कञ्चनपुर । राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो । कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्र्दै हुनुहुन्छ भने तपाई गलत अनुमान गरिरहनुभएको छ ।

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका नारायण रानाले पालेको राँगाले मासिकरुपमा ९० हजार रुपैयाँभन्दा बढी कमाइ गर्दै आएको छ । भैंसीमा गर्भाधान गराएर मासिकरुपमा राँगाबाट रानाले आम्दानी गर्दै आएका छन् । दैनिक तीनवटा भन्दा बढी भैँसीमा राँगाले गर्भाधान गर्दै आएको छ ।
नगरपालिका क्षेत्रका अधिकांश भैँसीपालकले उन्नत नश्लको राँगा भएकाले रानाकहाँ ल्याउने गरेका छन् । एउटा भैँसीलाई गर्भाधान गराएबापत रानाले एक हजार रुपैयाँ लिन्छन् । उनले चार वर्षअघि ३५ हजारमा रुपैयाँ खरिद गरेको राँगाले मनग्य आम्दानी दिन थालेको छ ।

पाँचजना परिवारको लत्ताकपडा, खाद्यान्न र दैनिक खर्च राँगाको कमाइले धानिँदै आएको रानाले बताए । राँगाको कमाइबाट आउने रकमले उनले दुई लाख रुपैयाँ खर्चेर घरमै किराना पसल खोलेका छन् । किराना पसल र राँगाको कमाइ गरी मासिकरुपमा एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको राना बताउँछन् ।

राँगा पाल्नका लागि उनले एक बिगाहा खेत वार्षिकरुपमा २५ हजार रुपैयाँ तिर्ने गरी भाडामा लिई घाँसखेती गर्दै आएका छन् । राँगालाई तन्दुरुस्त पार्नका लागि दैनिक ब्रान, गुड, खली र भिटामिन घाँससँगै मिसाएर खुवाउने गरेका छन् ।

‘घरमै बसीबसी वैदेशिक रोजगारीमा गएकाहरुभन्दा बढी कमाइ हुन थालेको छु’, रानाले भने । राँगा नै आम्दानीको स्रोत भएपछि घरका सबैजना दैनिक राँगाको स्याहार सुसारमा खट्ने गरेका छन् । रासस
फाईल फोटो गुगलबाट

प्रकाशित मितिः २०७४ भदौ २९

वि.सं.२०७४ भदौ २९ बिहीवार १४:३६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...