back
NMB ad

स्याउले मालामाल बन्दै मुस्ताङ, २३ करोडको निकासी भयो !

Kumari bank ad
मुस्ताङ। हिमाली जिल्ला मुस्ताङबाट २३ करोड रुपैयाँ मूल्य बराबरको स्याउ निकासी भएको छ । भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म २३ करोड रुपैयाँको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
अझै आठ करोड रुपैयाँको हाराहारीमा स्याउ निर्यात हुने कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिए। “गत वर्ष मुस्ताङमा चार हजार ७०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । अहिले ४४ सय मेट्रिक टन उत्पादन हुने अनुमान गरेका छौँ”, योजना अधिकृत गुरुङले भने “अझै स्याउ टिप्ने क्रम जारी छ ।” अहिलेसम्म तीन हजार २०० मेट्रिक टन स्याउ बाहिरिएको उनले बताए।
कृषकले लगाएको स्याउ ठेकेदारले हचुवाका भरमा पहिल्यै खरिद गर्ने चलन छ । साउनमै ठेक्कामा बिक्री गरेर कृषकले पैसा बुझिसकेका हुन्छन् ।
पोखरा, धादिङ, काठमाडौँका व्यापारी आएर होलसेल मूल्यमै बारीबाट स्याउ टिपेर लाने गरेका छन् । “हामीले पहिल्यै ठेक्कामा दिन्छौँ, घाटा नाफा व्यापारीको कुरा हो” मार्फा–९ का कृषक प्रेमबहादुर तामाङले भने, “यसपालि मैले डेढ करोडमा ठेक्का दिएको हुँ । असिना परेर बोटमा पातलो दाना लाग्यो, हिउँ खासै नपरेकोले उत्पादन घटेको छ ।”
मुस्ताङी स्याउ निकै स्वादिलो हुने भएकाले पोखरा, काठमाडौँ लगायतका प्रमुख सहरमा व्यापारीले पु¥याउने गरेका छन् । यस वर्ष मुस्ताङका बगैँचाबाट कृषकले ठेक्कामा व्यापारीलाई स्याउ बिक्री गर्दा ७० देखि ८० रुपैयाँ प्रतिकिलो थोक मूल्य परेको छ । जिल्लाको मार्फा, टुकुचे, जोमसोम, कागबेनीलगायतका गाउँमा अत्यधिक स्याउ उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
१४ कार्तिक २०७३, १२।००

वि.सं.२०७३ कात्तिक १४ आइतवार १२:१४ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...