back
NMB ad

माघ २ बाट बजारमा आउदै २ अर्बको म्यचुअल फण्ड, कस्को कती ?

Kumari bank ad

काठमाडौ । पछिल्लो समय सेयर बजारमा मन्दी छाईरहेका बेला धेरै बैङ्क तथा वित्तिय संस्थाले सामुहिक लगानी कोष म्युचुअल फण्ड जारी गरेका छन् । सेयर बजारमा लागानी बढाउने उद्देश्यले यस्ता सामुहिक योजनाहरु बनिरहदा सेयर बजार उकालो लाग्ने लगानीकर्ताहरुको अनुमान छ । सेयर बजारमै लगानी बढाउनको लागि सिटिजन्स बैंकको सहायक कम्पनी सि.बि.आई.एल क्यापिटलले पनि नेपालको पूँजी बजार विस्तारमा सघाउन सिटिजन्स् म्युचुअल फण्ड संचालनमा ल्याउने भएको छ ।

यो सीबीआईएल क्यापिटलको पहिलो म्युचुअल फण्ड हो । यसले पनि ईकाई बिक्रीबाट संकलन भएको अधिकांश रकम सेयर बजारमै लगानी गर्ने जनाएको छ । सेयरबजारमा लगानी गर्ने उदेश्यका साथ संचालनमा आएका सामुहिक लगानीकोषहरु बढ्दै जादा बजारको स्थायित्व तथा बृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

क्यापिटलले एक अर्ब रुपैयाँको सिटिजन्स् म्युचुअल फण्ड १ को १० करोड इकाई माघ २ गतेदेखि बिक्री गर्देछ । प्रति ईकाई १० रुपैयाँँको दरले लगानीकर्ताले एक सय इकाईदेखि २० लाख ईकाईसम्मकालागि आबेदन गर्न सक्ने छन् ।

फण्डको सबै ईकाई बिक्री भएमा माघ ७ गते बिक्री बन्द हुनेछ भने निश्काशन गरिएको भन्दा कम माग भएको अबस्थामा माघ १७ गतेसम्म आबेदन खुल्ला रहने कम्पनीले जनाएको छ । तोकिएको रकम एक अर्ब रुपैयाँ भए पनि लगानीकर्ताको माग आवेदन बढी भएमा कोषको आकार २५ प्रतिशतसम्म बढाउन सकिनेछ ।

त्यस्तै एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले पनी १ अर्व रुपैयाँ बराबरको सामुहिक लगानी कोषको इकाई माघ २ गतेबाटै बिक्री गर्न लागेको छ ।

७ बर्षे बन्दमुखी योजना रहेको एनआईसी एशिया ग्रोथ फण्डले एक अर्ब बराबरको १० रुपैयाँँ अंकित मूल्य दरका १० करोड ईकाइ सर्व९साधारणमा बिक्री गर्न लागिएको छ । फण्डले छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गतेसम्म निष्कासन खुल्ला गर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनआईसी एशियाले जनाएको छ।

सेयर बजारमा आफै जोखिम बहन गरेर प्रत्यक्ष लगानी गर्न नचाहने नयाँ तथा साना लगानीकर्ताहरुका लागि सुरक्षित लगानी गर्नु यस्ता सामुहिक लगानी कोषहरु उपयुक्त माध्यम हुन् । साधारण शेयर प्रतिकित्ता एक सय रुपैयाँमा खरिद गर्न सकिन्छ भने यस्ता फण्डको मूल्य प्रति इकाई दश रुपैयाँ रहने गर्छ । शेयर बजारलाई थप विविधिकरण गर्ने र लगानीका स्रोत जुटाउने लक्ष्यका साथ यस्ता फण्ड तयार गरिन्छ ।

हाल बजारमा यो समेत गरी १४ वटा यस्ता सामूहिक लगानी कोष सञ्चालनमा रहेका छन् । ग्लोबल आईएमई क्यापिटल र एनआईबिएल क्यापिटल अनुमतिका लागि पाईपलाइनमा रहेका छन् ।

२०७४ पुष २३ गते प्रकाशित

वि.सं.२०७४ पुस २३ आइतवार ११:०६ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...