back
NMB ad

१० वर्षमा ५ सय मेगावाट जलविद्युत निर्माण गर्ने एक निजी समूहको लक्ष्य,हेर्नुहोस् कुन कुन बैंक आबद्ध छन् ?

Kumari bank ad

काठमाडौ।निजी क्षेत्रको एमभी दुगड ग्रुपले १ सय ५७ मेगावाट क्षमताको लिखु जलविद्युत आयोजना निर्माण थालेको छ।

निजी क्षेत्रले बनाउन लागेको यो सबैभन्दा ठूलो जलविद्युत आयोजना हो। नयाँ वर्षको पूर्वसन्ध्यामा विहिवार उर्जामन्त्री जनार्दन शर्माले निर्माण शुभारम्भ गरे।विद्युत व्यवस्थापन गरेर लोडसेडिङमुक्त भएपछि उर्जा मन्त्रालयले नीतिगत सहजता प्रदान गरेपछि निजी क्षेत्रले जलविद्युत लगानी धमाधम निर्माण सुरु गरेका छन्।

उद्योग, व्यापार र बैंक तथा वित्तिय संस्थामा लगानी गरेको यो समूहले २१ अर्ब लगानीमा यो जलविद्युत निर्माण थालेको हो।समूहले लिखु १, लिखु २ र लिखु ए जलविद्युत आयोजनाको निर्माण थालेको हो। यो समूहले १० वर्षमा पाँच सय मेगावाट जलविद्युत निर्माणको महत्वाकाक्षी लक्ष्य राखेको छ।यो आयोजनाको निर्माण सकेर सन् २०२०को जुलार्इभित्र राष्ट्रिय प्रशारणलाइनमा जोड्ने समूहले जनाएको छ।समयमै आयोजना सक्न अत्याधुनिक इक्विपमेन्ट प्रयोग गरिने समूहले जनाएको छ।

पान हिमालय इनर्जीले लिखु १, ग्लोबल हाइड्रोपावर एसोसिएटले लिखु २, र नुम्बुर हिमालय हाइड्रोपावरले लिखु ‘ए’ जलविद्युत परियोजना निर्माण गर्नेछन्।यो समूहले केही वर्षअघि जलविद्युत निर्माण गर्ने योजना बनाएको थियो।

यी तीनवटै परियोजनाबाट उत्पादित बिजुली खरिद–बिक्रीका नेपाल विद्यत प्राधिकरणसँग सम्झौता भइसकेको छ। परियोजनाका निर्माणका लागि आवश्यक वित्तीय स्रोतका लागि विभिन्न वाणिज्य बैंकहरुसँग ऋण सम्झौता समेत भइसकेकोले समूहले जनाएको छ।

अध्यक्ष मोतीलाल दुगडका अनुसार ७७ मेगावाटको लिखु– १ मा प्राइम कमर्सियल बैंकको अगुवाइमा एनआइसी एसिया बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, कृषि विकास बैंक, नेपाल क्रेडिट एन्ड कमर्श बैंक, जनता बैंक, प्रभु बैंक र मेगा बैंकले कर्जा लगानी सम्झौता गरेका छन् ।

यस्तै ५१ मेगावाटको लिखु– २ मा माछापुच्छ्रे बैंकको अगुवाइमा मेगा बैंक, नेपाल एसबीआई बैंक, नेपाल बङ्गलादेश बैंक, एभरेष्ट बैंक र भिवोर सोसाइटी डेभलपमेन्ट बैंकको ऋण लगानी छ ।

२९ मेगावाटको लिखु ‘ए’ मा लक्ष्मी बैंकको अगुवाइमा सिद्धार्थ बैंक, सेन्चुरी कमर्सियल बैंक, सिटिजन्स बैंक र बैंक अफ काठमाण्डु लुम्बिनी बैंकले संयुक्त लगानी गरेका छन् ।

समूहले सरकारको प्रचलित कानुन पूरा गरी थप नयाँ जलविद्युतका लागि आवेदन दिएको जनाएको छ।सरकारी निकायबाट निर्णय भएपछि थप आयोजनाको काम सुरु हुने समूहले जनाएको छ।उर्जा मन्त्रालयले डलरमा विदयुत खरीद बिक्री गर्ने नीति समेत लिएकोले विदेशी लगानी ल्याउने बारेमा पनि छलफल अघि बढेको समूहले जनाएको छ।बिजमाण्डुबाट

प्रकाशित मितिः २०७४ बैशाख २

वि.सं.२०७४ वैशाख २ शनिवार १२:४६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...