back
NMB ad

२०७४ सालमा नागपञ्चमीकै दिन जनै लगाउनुपर्ने, जनैपूर्णिमामा लगाए अशुभ हुने

Kumari bank ad

काठमाण्डौं । जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ धारण गर्ने र रक्षा सुत्र बाँध्ने प्रचलन छ तर, २०७४ सालमा भने तपाईंलाई नागपञ्चमीकै दिन यी सब काम गर्नुपर्ने हुन्छ ।

२०७४ सालको पात्रोमा साउन १३ गते नागपञ्चमी र २३ गते जनैपूर्णिमा उल्लेख छ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् साउन २४ गते गाईजात्रा छ । तर २३ गते जनैपूर्णिमाको दिन चन्द्र ग्रहण परेको छ । हिन्दु धर्म संस्कार अनुसार चन्द्र ग्रहण लाग्ने दिनलाई शुभ मानिँदैन र मांगलिक कार्य गरिँदैन । त्यसैले साउन १३ गते नाग पञ्चमीकै दिन जनैपूर्णिमा अर्थात रक्षा बन्धन गर्ने निर्णय गरेको पञ्चांग निर्णायक समितिका अध्यक्ष सूर्य ढुंगेलले जानकारी दिए ।

‘चन्द्रग्रहणमा जनै लगाइँदैन । त्यस्तो अवस्थामा चन्द्रग्रहण अघि नै जनै लगाउनुपर्ने हुन्छ । शास्त्रमा जनैपूर्णिमामा चन्द्रग्रहण परे नागपञ्चमीमा जनै लगाउनू भन्ने छ,’ अध्यक्ष ढुंगेलले भने ।

सरकारले सार्वजनिक गरेको पात्रोमा १३ गते रक्षा बन्धन अर्थात जनै लगाउने दिन उल्लेख छ । त्यो दिन पञ्चमी तिथी हो । सामान्यतया जनै पूर्णिमा भनेको पूर्णिमा तिथीमै हुनुपर्ने हो । तर, कसरी साउन १३ गते नाग पञ्चमीको दिन जनै पूर्णिमा उल्लेख गरियो भन्ने कुराले धेरैजना अन्यौलमा परेका छन् ।

तर, अन्योलमा नपरी नागपञ्चमीकै दिन जनैधारण गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष ढुंगेलले बताए ।

यसअघिको परम्परा अनुसार जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा हुने भएपनि गाईजात्रा भने साउन २४ गते नै पर्ने समितिले जनाएको छ ।

१५ चैत २०७३, अनलाईनखबर, ९।३०

वि.सं.२०७३ चैत १५ मंगलवार ०९:३३ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...