काठमाण्डौं । नबिल बैंक लिमिटेड चालु आर्थिक बर्षको असोज मसान्तसम्म ७९ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ। बैंकले गत बर्षको यसै अवधिको तुलनामा २२.१६ प्रतिशत नाफा बढाएको हो।
बैंकले यो अवधिमा निक्षेप संकलन एक खर्ब २० रुपैयाँ पुर्याएको छ। निक्षेप करिव ११ अर्ब रुपैयाँले बढेको छ। बैंकले कर्जा लगानी पनि ६७ अर्ब ४३ करोड रुपैयाबाट बढाएर ८३ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ। बैंकले खुद ब्याज आम्दानी एक अर्ब २८ करोड रुपैयाँ गरेको छ। बैंकको खराव कर्जा अनुपात एक प्रतिशतभन्दा केही वढि छ भने प्रति सेयर आम्दानी ५१ रुपैयाँ हाराहारी छ।
१२ कार्तिक २०७३, ११।००
वि.सं.२०७३ कात्तिक १२ शुक्रवार ११:१९ मा प्रकाशित