काठमाडौ। आसन्न नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका तर्फबाट चार जना उम्मेदवार खडा भएका छन् । नाडाका पूर्व अध्यक्ष शेखर गोल्छा बरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका छन भने अर्का पूर्व अध्यक्ष सौरभ ज्योतिले एसोसियट उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।
नाडाका वर्तमान अध्यक्ष अञ्जन श्रेष्ठले बस्तुगत तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन भने महासचिव कृष्णप्रसाद दुलालले एसोसियट केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् ।शुक्रबार नाडाको वार्षिक साधारण सभाको अवसरमा उक्त घोषणाा गरिएको हो ।
प्रकाशित मितिः २०७३ चैत १९
वि.सं.२०७३ चैत १९ शनिवार १४:२८ मा प्रकाशित