back
NMB ad

कतै मेरो आमाको उपचार गर्ने डक्टरको प्रमाणपत्र पनि नक्कली त थिएन !

Kumari bank ad

मैले युरोपमा बसेर  एकोहोरो दिन र रात संघर्ष  गरेको झन्डै ५  बर्ष हुन लाग्यो ।  पाँच बर्षको अनुभवमा धेरै दुःख, तिता अनुभव, अनि परिबारसंगको बिछोडको पिडा ! म आफू भित्र भएको पिडाहरु लुकाएर हास्ने, अनि आफ्नो उदेश्यमा निरन्तर लागिरहने मान्छे,  यो पटक चाहिँ मन मुटु लाई नियन्त्रण गर्न मलाई निकै गार्होे भयो ।

 

मान्छे त्यती बेला पीडित हुदोरहेछ जति बेला चाहेर पनि आफ्नो जिम्मेवारी पुरा गर्ना असमर्थ हुदोरहेछ । कुरा २०७३ जेठ २१ गतेको, मेरो आमालाई तत्काल अप्रेसन गर्नु पर्ने खबरले म धेरै मर्महात थिय तत्काल नेपाल जाने सम्भावना कम थियो । जेठ २० गते बिहान आमालाई अस्पतालमा भर्ना गरिएको थियो २१ गते बिहान अप्रेसन थियो । अप्रेशन गर्नु भन्दा अगाडी पनि आमा र मेरो टेलिफोन संवाद भैराखेको थियो उल्टो आमाले मलाई नअत्तिए है भन्नुहुन्थ्यो ।  म भने दबिएको मेरो आवाज बलैले बाहिर निकालेर हवस भनेको थिए  ।

 

भित्र भित्र म दुखित थिए, मन मुटु नसा नसामा आमाका यादहरु तछाड, मछाड गरि खेल्दै थिए । संयोगले  जेठ २१ गते मेरो जन्म दिन परेको थियो । साथीहरुको प्रेरणा र शुभकामनाले म फुरुक्क हुने मान्छे यो पाली  चाहिँ पटक्कै खुशी हुन सकिन।

 

केही समयको धैर्यता पछाडी आमाको अप्रेसन सफल भएको जानकारी आयो । मलाई जन्म दिने आमा अप्रेसनको पीडाको घाउसंग संघर्ष गर्दै हुनु हुन्थ्यो । आज आमा पहिलेकै अवस्थामा फर्किँदै हुनुहुन्छ ।

आमाको घाउ निको हुँदा नहुँदै नेपालमा दर्जनौं डाक्टर नक्कली भन्दै प्रहरीले पक्राउ गरिरहेको छ । योक्रम अझै निरन्तर रहेको खबर आइरहेको छ । यतिबेला म अहिले सोचिरहेकी छु, कतै मेरो आमाको उपचार गर्ने डक्टरको प्रमाणपत्र पनि नक्कली त थिएन ! यदि नक्कली भइदिएको भए !

धन्न मेरो आमाको उपचार गर्ने डाक्टर सक्कली नै परेछन्, किनकि पक्राउको सूचीमा उनीहरुको नाम समावेश छैन ।

मैले यसो भनिरहँदा सबै डाक्टर नक्कली छ्न भन्न खोजेको पटक्कै होइन, नक्कली प्रमाणपत्र लिएका डाक्टरको उन्मुलन हुनु पर्यो यो चाहिँ हो नै । हाम्रो समाजमा विभिन्न रोगको शिकार भएका र बाच्ने आश कम भएका लामो समय रोगसँग लडाई गरि राखेका मान्छेलाई आफ्नो पेसामा निरन्तर लागेर सफल सल्यक्रिया मार्फत नयाँ जीवन डाक्टर पनि छ्न् । ति भगवान सरह नै हुन् ।

धन्न हाम्रो नियम कानुन कमजोरी भएको देशमा जन्म लियौ र युरोपको सबालमा भने यस्ता घटना हुदै हदैन । भए पनि उस्ले जेल चलान त छँदै छ आज आफ्नो कार्य अबधीमा लियको सम्पुर्ण रकम फिर्ता गर्नु पर्छ । कहाँबाट आन्दोलन गर्ने साहस हुनु !

कुनै पनि समाज को आशाको डोरी र भरोसाको केन्द्र बिन्दु भनेको डाक्टर हो । अर्थात डाक्टर कुनै पनि समाजको अगुवा मात्र नभएर  भगवानकै स्वरुपमा हाम्रो समाजमा रहेको पाइन्छ । उसलाई हामीले कुनै रोगको उपचार गर्नु परेमा आँखा चिम्लिएर भरोसा गरेर आफ्नो ज्यान उनीहरुको भरोमा छाडेका हुन्छौं । नबजात शिशुदेखि बुद्ध सम्मको स्वास्थ्यको जिम्मेवारी डाक्टरले लिएको हुन्छन् ।

 

बाल्यकालदेखि नै डाक्टर बन्ने लक्ष्य सहित होमवर्क गर्न लगाउने गरिन्छ । किनकि डाक्टरको छाप हरेक व्यक्तिमा  सकारात्मक परेको हुन्छ ।  मलाई याद छ, एकजना छिमेकी हजुरबुबा हुनुहुन्थ्यो । उहाँ चुरोट अति खाने । केही गरेपनि उहाँका छोराहरु अर्थात् काकाहरुले उहाँलाई चुरोटको लतबाट छुट्टाउन सक्नु भएन । एकदिन काकाले हजुरबुबालाई लिएर अस्पताल जानू भयो । अनि डाक्टरलाई भन्न लगाउनु भयो । डक्टरले भनेपछि हजुरबुवाले तुरुन्त चुरोट छोडनु भयो ।

 

डाक्टर समाजको आधार स्तम्भ हो तर बिडम्बना भनौ वा दु:खान्त घटना डाक्टरको प्रमाणपत्र नै नक्कली ! कुनै पनि डाक्टरले रोग के हो, लक्षण के हो र समाधान को उपाय के हो भन्ने बारे अध्ययन गरेकै छैन भने कसरी उस्ले उपचार गर्नसक्छ ?

 

कुनै पनि ब्यक्तिको सम्पत्ति या भनौ मूल्यवान चिज भनेको उसको स्वास्थ्य हो । पैसाले औषधि किन्न सकिन्छ तर स्वास्थ्य किन्न सकिन्न, सिरानी किन्न सकिन्छ तर निन्द्रा किन्न सकिन्न । कुनै पनि परिवारमा कुनै व्यक्ति बिरामी पर्यो भने घर, खेत र जगिरको परवाह नगरी उपचारमा तल्लिन हुन्छ । तर हाम्रो समाजमा नै स्वास्थ्य जस्तो संबेदनशील कुराको जिम्मेवारी लिएका डाक्टरको नै प्रमाण पत्र नक्कली छ । के ती डाक्टरले साच्चिकै सेवामूलक तरिकाले बिरामीलाई हेरे होलान् र आवश्यकता अनुसार उपचार गरे होलान् ?

 

कति पटक हामीले सुनेकै घटना हो दायाँ हात भाँचिदा बायाँ हातको अप्रेशन, अनि पेटको अप्रेशन गर्दा पेट भित्र कैँची छोडनु । अनावश्यक शुल्क असुल्नु । हरेक बिरामीहरु दिन रात रोग सँग लडाइँ गर्दै सुस्केरमा समय बिताएका हुन्छन् ।

 

औंशीको रात मा जुन को प्रतीक्षा मा हुन्छ्न, अझै पनि नक्कली प्रमाणपत्रको आधारमा सेवा गर्न पाउँ भन्नु लज्जास्पद कुरा हो । यो घटनाले नेपालीको मन मुटुमा दुखान्त घाउ बनायो । कुनै पनि ब्याक्तीलाई जिम्मेवारी दिनु र जिम्मेवारी लिनु मात्रा ठुलो कुरा होइन, ठुलो कुरा त जिम्मेवारी पूरा गर्नु हो । जो व्यक्ति आफ्नो पेशाप्रति योग्य छैन, निष्ठावान छैन त्यस्तो व्यक्तिले आफ्नो कर्तब्य पालन गर्यो होला त ?

 

अझ पनि सेवा गर्ना पाउ भनेर हडताल बन्द गर्ने तिमीहरुको धम्की ? आफू बैधानिक कि अबैधानिक त्यो मुल्यांकन गर्ने गल्ती महसुस गर्ने त कहाँ कहाँ धन्न नक्कली प्रमाणपत्रधारी डाक्टरहरु ! तिमीहरुको गल्तीले गर्दा हामी जस्ता सर्बसाधाारणहरु योग्य डाक्टरसँग पनि तर्सने परिस्थिति सिर्जना भएकोछ ।

 

जीवनका कति गोरेटोहरु पार गरे, कति मन्दिरहरु पुजे, कति एक्लो  हिडे  कति साथीसँग  हिडियो, कति दिनहरु सफलता लिएर  आए, कति दिनहरु पीडित बनेर गए, कहिले समयले मलाई घिसार्यो कहिले मैले समयलाई घिसारे, कहिले काहि समयले ल्याएको घटनालाई जति बल गरे पनि मन भित्र थुन्न निकै गाह्रो पर्छ ।

एक दिने जिन्दगी भए पनि कसैले जिन्दगी गुमाउन चाहदैनन् । योग्यताको कदर गरौ, अबसर दिउ योग्यहरुलार्इ, मेहनत गरौं, इमानदार बनौं । झुटो खेती नगरौं, कुनै दिन झुटो खेती लाई सत्यको आँधीबेहरीले उडाएर लैजान्छ ।

 

जिन्दगी लाई मेहनत र परिश्रममा साटनु त कहाँ हो कहाँ नक्कली प्रमाण पत्रको आधारमा राज्यको कोषबाट परिश्रमिक लिएर बिरामीलाई अल्मलाउने र उनीहरुको स्वास्थ्यमा खेलबाड गर्ने, अनि आफ्नो गल्ती लाई लुकाउन आन्दोलन गर्ने यो सरसर पाप हो पुन्य हुदै होइन । बिरामी आत्माहरु कति रोए होलान् यो वास्तविकताको सामना गर्नु परेर ? नेपालीले त कल्पना पनि गरेका थिएनन् होला स्वास्थ्यको क्षेत्रमा यति ठुलो हेलचक्राइ होला भनेर । यो नेपालीहरुको ठूलो दुर्भाग्य भन्दा फरक नपर्ला !

कला पन्थ/युरोप ८ असर २०७३

वि.सं.२०७३ असार ८ बुधवार १८:५३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...