Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, पौष ३ , २०७४  |  
Monday, December 18, 2017

१३ करोड बराबरको नेशनल हाइड्रोको सेयर कारोबार

March 21, 2016

nepali-note

काठमाण्डौं । आज सेयर बजारमा सवैभन्दा बढी नेशनल हाइड्रोको १२ करोड ८७ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । आइतबार प्रति किक्ता १० रुपैयाँले बढेको नेशनल हाइड्रोको सेयर सोमबार १ रुपैयाँले मात्र बढेको थियो । सोमबार नेशनल हाइड्रो पावरको मात्र ५ लाख ७९ हजार ५ कित्ता सेयर खरिदविक्री भएको छ ।

बजार खुलेको केही समय बढेको नेप्से परिसुचक अन्त्यमा १ दशमलव ८६ अंकले घट्दै १ हजार १ सय ४२ अंकमा अडिएको छ । जलविद्युत र बीमा समुहकै परिसुचक ओरालो लागेका कारण समग्र नेप्से परिसुचक घट्न पुगेको हो । जसमा सवैभन्दा बढी बीमा समुह २७ दशमलव ५९ अंकले घटेको छ । आइतबार एकैपटक ३ सय १६ अंकले बढेको बीमा समुह आज ओरालो लागेको हो । यसैगरी, जलविद्युत समुह पनि २२ अंकले ओरालो लगेको छ ।

बजारमा बैंक, फाइनान्स तथा विकास बैंक समुह भने सामान्य उकालो लागेका छन् । आज कुल ९७ करोड ७ लाख रुपैयाँ बरावरको १९ लाख ३२ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

८ चैत २०७२, ३.३०

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु