काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढाएको छ । गत मंसिर २९ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारणले गरेको निर्णय अनुसार कम्पनीले एक शेयर बराबर एक शेयरको अनुपातमा १ करोड ३२ लाख ४८ हजार ६३७ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।
सेयर निष्काशन गर्नको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि कम्पनीले एनआईबिएल क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ ।
प्रकाशित मितिः २०७३ माघ २६
वि.सं.२०७३ माघ २६ बुधवार १५:५५ मा प्रकाशित