काठमाडौं । निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीेले आ.व.२०७२र७३ को तेस्रो त्रैमासमा २३ करोड ४९ लाख रुपैयाँँ घाटामा रहेको छ । गत आवको सोहि अवधिमा पनि कम्पनीले १ करोड ८ लाख रुपैयाँ नोक्सानमा नै रहेको थियो ।
कम्पनीको जगेडा तथा कोषमा ७ करोेड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीले बीमा कोषमा २८ करोड ८६ लाख रुपैयाँ राखिएको छ । यसको आम्दानी २३ करोड रुपैयाँ नोक्सानमा रहेको छ भने खर्च ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीले यस अबधीमा बीमा शुल्क (खुद) ४७ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २९ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क (खुद) आर्जन गरेको थियो ।
कम्पनीले यस अबधीमा ६१ करोड ३ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ भने गत आव वर्षको सोहि अवधिमा १३ करोड ७४ लाख रुपैयाँ रहेको थियो । कम्पनीले यस अबधीमा २० हजार ८ सय १३ वटा (संख्या) बीमा लेख जारी गरेको छ भने जुन गत वर्षको सोहि अवधिमा भन्दा बढी हो । कम्पनीले यस अबधीमा १ हजार ६ सय ८३ वटा (संख्या) भुक्तानी दाबी गरेको छ ।
प्रकाशितः २०७३ जेठ २३
वि.सं.२०७३ जेठ २३ आइतवार ११:५८ मा प्रकाशित