back
NMB ad

सेयरधनीले अब २५% बोनस र ६०% प्रतिशत हकप्रद पाउने !

Kumari bank ad

काठमाडौ । नेशनल लाइफ इन्सुरेन्सले अब ६० प्रतिशतमात्र हकप्रद ल्याउने भएको छ । १०० प्रतिशतबाट घटाउँदै कम्पनीले ६० प्रतिशतमा झारेको हो ।

यसअघि कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद दिने प्रस्ताव गरिएको थियो । बिमा समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्बमात्र पुर्याए हुने प्रावधान गरेपछि कम्पनीले फेरि २५ प्रतिशत बोनस र ७५ प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको थियो ।

त्यसलाई फेरि परिमार्जन गरी अब ६० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव गरिएको हो । २५ प्रतिशत बोनस सेयरमा कायम हुने पुँजीमा ६० प्रतिशत हकप्रद ल्याउन लागिएकाले लगानीकर्तालाई घाटा नहुने कम्पनीको भनाई छ ।

यसअघि २५ प्रतिशत बोनसलाई नजोडी ७५ प्रतिशत हकप्रद ल्याउने भनिएको थियो । नेशनल लाईफ इन्स्योरेन्सले हकप्रद सेयरको अनुपात परिमार्जन गरेर बोनसपछि मात्र हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीले दोस्रो पटक हकप्रद प्रस्ताव परिमार्जन गरेको हो । २५ प्रतिशत बोनस प्रस्ताव गरेको कम्पनीले अब बोनस वितरण गरेर ६० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव अघि सारेको छ ।1

जसका लागि कम्पनीले साउन २७ गते २९ औ साधारणसभा राखेको छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब ३२ करोड ४८ लाख रुपैयाँ छ । २५ प्रतिशत अर्थात ३३ करोड १२ लाख बराबरको बोनसपछि कम्पनीको पूँजी एक अर्ब ६५ करोड ६० लाखको पुग्नेछ । यसमा कम्पनीले ६० प्रतिशत अर्थात ९९ करोड ३६ लाख बराबरको हकप्रद पछि कम्पनीको पूँजी दुई अर्ब ६४ करोड ९६ लाख पुग्नेछ ।

प्रकाशित मितिः २०७४ साउन २

वि.सं.२०७४ साउन २ सोमवार १३:०९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...