back
NMB ad

सेयरमा मागेकोभन्दा ३ सय गुणा बढी आवेदन परेपछि के हुँदैछ हेर्नुस् !

Kumari bank ad

काठमाण्डौं । नेशनल माइक्रोफाइनान्सले सर्वसाधारणका लागि जारी गरेको सेयरमा ३ सय गुणा बढी आवेदन परेको छ । कम्पनीले यही साउन १६ गतेदेखि १९ गतेसम्मका लागि ३ करोड रुपैयाँ बराबरका ३ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

उक्त सेयरमा ३ सय गुणा बढी अर्थात् ९ अर्ब रुपैयाँ बराबरको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआइबीएल क्यापिटलले जनाएको छ । आबेदन धेरै परेकाले सेयरको अब चिठ्ठा प्रणालीबाट बाँडफाँड गर्नुपर्ने अबस्था देखिएको छ ।

सेयर निष्काशन भएको पहिलो दिन नै मागभन्दा ३५ गुणा र दोस्रो दिन ४९ गुणा बढी आवेदन परेको थियो । कम्पनीको सेयरमा न्युनतम ५ हजार रुपैंयादेखि अधिकतम १० लाख रुपैंयासम्मको आवेदन दिन सकिनथ्यो ।

धादिङमा प्रधान कार्यालय रहेको राष्ट्रियस्तरको यो माईक्रोफाईनान्सले आफ्नो १० करोड चुक्ता पूँजीमध्ये ३० प्रतिशत अर्थात प्रतिकित्ता सय रुपैयाँ अंकित दरका ३ लाख कित्ता सर्बसाधारणमा जारी गरेको हो । साधारण सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ । हाल ७ करोड रुपैयाँ मात्रै चुक्ता पुँजी छ ।

२० साउन २०७३, १०।००

वि.सं.२०७३ साउन २० बिहीवार ११:२१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...