back
NMB ad

यी हुन् नाट्टामा संभावना बोकेका उम्मेदवार, यस्तो छ कारण

Kumari bank ad

रामेश्वर कार्की
काठमाडौं । भर्खरै आफ्नो ५० औं वर्ष पुरा गरी स्वर्ण जयन्ती मनाएको नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी बढिरहेको छ । पुस २८ गते काठमाडौंमा हुने चुनावी अधिवेशनका निम्ति (मतदाता) ट्राभल व्यवसायीमाझ भेटघाट र आफ्ना एजेण्डा लिएर उम्मेदवारहरु घरदैलो गर्दैछन् ।

सम्राट ट्राभल एण्ड टुर्सका सञ्चालक सिएन पाण्डे सर्वपक्षिय व्यवसायीहरुको समुहको नेतृत्व गर्दै अध्यक्षका उम्मेदवार बनेका छन् । उनी नाट्टाका प्रथम उपाध्यक्ष हुन् । अर्का उम्मेदवार डिके ट्राभलका सञ्चालक डिके शर्मा प्यानल सहित खडा भएका छन् । उनी नाट्टाका द्वितिय उपाध्यक्ष हुन् ।

व्यवसायीहरुले विभिन्न नारा र एजेण्डा प्रस्तुत गर्दै दुई वर्षको लागि विश्वास गर्न आग्रह गरिरहेका छन् । उनीहरुको कतिपय साझा एजेण्डा पनि छ । जुन ट्राभल व्यवसायीको हकहितमा काम गर्ने, नयाँ गन्तव्य पहिचान गर्ने, सरल र सहज कानून नियम निर्माणमा घच्घच्याउने आदि इत्यादी ।

व्यवसायीहरुले लिएको एजेण्डा पुरा गर्न सबै भन्दा पहिला मुलुकमा राजनीतिक स्थायित्व कायम हुनु जरुरी छ । यो सबैले बुझेकै कुरा हो । अर्को कुरा सर्वसम्मती त झनै अपरिहार्य विषय हो । यतिबेला मुलुक संविधान निर्माण पश्चात तीन तहको चुनाव सम्पन्न गरी विकासको लयमा चित्र कोर्दै छ । पक्कै पनि स्थिर सरकार निर्माण भएर सम्बृद्धिको ढोका खुल्ने नै छ । मुलुकको सम्बृद्धिको मुख्य आधार मध्य पर्यटन क्षेत्रको विकास र विस्तारबाटै हुने छ । तसर्थ यहाँ पहुँच र दृढ इच्छाशक्तिको जरुरत पर्छ ।

मुलुकका हरेक क्षेत्रमा राजनीतिक दलको प्रतिस्पर्धा र लुछाचुँडीको कारण संघ संस्थाहरुमा काम गर्ने वातावरण नहुने र समस्या ज्युँकात्युँ रहने गरेको यथार्थ सबैका सामु छ । यसको फाइदा कोही कसैले राजनीतिक पहुँच स्थापित गरेर आफ्नो व्यक्तिगत उन्नति हासिल गरे पनि समग्रमा ट्रेडले घाटा मात्र व्यहोरेको छ । यही कुरालाई मध्यनजर गर्दै पर्यटन क्षेत्रमा कृयाशिल राजनीतिक दलका संघ संगठनले यसपटक नमुना प्रयोग गर्न चाहेको देखिन्छ । यहाँ राजनीतिको नाममा अराजनीति नभित्र्याउँ भन्ने मुलुकका ठुला पार्टीसंग सम्बद्ध संगठनको यो निर्णय सायद नाट्टाकै इतिहासमा सबैभन्दा बोल्ड र दुरगामी खालको देखिन्छ । यो निर्णयको स्वागत गर्दै पर्यटनले खोजेका व्यवसायीले रोजेका योग्य उम्मेदवारलाई नै मतदान गरी व्यवसायीले फैसला गर्ने नै छन् ।

रामेश्वर कार्की
रामेश्वर कार्की

मुलुक बामपन्थीले नेतृत्व गर्ने अवस्थामा पुगे पनि प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसको पनि साथ र सहयोग विना विकासको गति लिन सकिँदैन भन्ने यथार्थ पर्यटनमा प्रस्तुत गर्न खोजिएको छ । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र निकट संगठनका अगुवाको यो निश्कर्षको उपज सहमतीमा नेतृत्व चयन गरौं र व्यवसायीक मर्यादा कायम गरौं भन्ने थियो । त्यस कारण एमाले निकट व्यवसायी सिएन पाण्डेलाई अध्यक्षमा अगाडी सार्दै नेपाली काँग्रेस निकट व्यवसायी अच्युत गुरागाईं प्रथम उपाध्यक्ष, स्वतन्त्र समुहको प्रतिनिधित्व गर्दै द्वितिय उपाध्यक्ष सुनिल शर्मा र नेपाली काँग्रेसको सिफरिस भएता पनि स्वतन्त्र व्यवसायीको परिचय बनाएका रमेश थापा महासचिव, नेकपा एमालेको सिफरिसमा पुराना व्यवसायी एवं नाट्टाका अनुभवी सदस्य हरिभक्त श्रेष्ठ, नेकपा माओवादी केन्द्र निकट संगठनको सिफरिसमा राजकुमार थापा कोषाध्यक्ष र स्थापित युवा व्यवसायी सुरेन्द्र भट्टराईलाई सहकोषाध्यक्ष उम्मेदवारको रुपमा खडा गरियो ।

पदाधिकारीको यो सूचि हेर्दा दलको संगठनहरुले पद भागवण्डा गरेजस्तो देखिए पनि यहाँ न्युनतम साझा सहमती खोजिएको छ । सबैको भावनाको प्रतिनिधित्व हुने गरी साझा नेतृत्व अगाडी सार्दा योजना कार्यान्वयनमा सहजताका साथै व्यवासायीको हितमा काम गर्न कुनै बाधा बन्देज आउँदैन । यहाँ सबै मिलेर विगारे हैन, संगै बसेर राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने अवस्था सृजना हुन पुग्छ । कुनै पनि काम विग्रिसकेपछि फलानाले विगार्यो भन्नु भन्दा विगार्नै नदिनु बुद्धिमानी हुन्छ ।

त्यसैले यस पटक स्वतन्त्र समुहको नेतृत्व भन्दै जो उम्मेदवारको रुपमा खडा भएका छन् उनीहरुले सर्वसहमतीलाई पन्छाएर व्यक्ति केन्द्रित राजनीति गर्न खोजेको छर्लङ्गै देखिन्छ । यसले व्यवसायीक मर्यादा हैन पदका लागि आत्मकेन्द्रित भावनाले अगाडी बढेको पनि आरोप लाग्न पुग्छ । दलको सहमतिमा पनि गलत पात्र उभ्याइएको भए यस्तो कुराले अर्थ राख्न सक्थ्यो । सिएन पाण्डेकै नेतृत्वमा सहमती हुँदै गर्दा म कुन ठाउँमा अटाउँछु भनेर दाउ हेर्ने र अन्तिममा आफु सूचिमा नपरेपछि स्वतन्त्रको हवाला दिँदै चुनावमा उठ्नु भनेको पदलोलुपता भन्दा अरु के बुझ्ने व्यवसायीले ?

विरालो कालो होस या सेतो, तर मुसो मार्नै पर्छ । कुन दलले सिफारिस गर्यो भन्ने हैन समग्र व्यवसायीको हितमा काम गर्छ कि गर्दैन, विगतमा उसको छवी कस्तो थियो र भविष्यमा संस्थाको भावना अनुसार चल्न सक्छकी सक्दैन भन्ने कुराले अर्थ राख्छ ।

हेर्नुहोस उम्मेदवार को कस्ता ?

अध्यक्षका उम्मेदवार सिएन पाण्डे नेकपा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको सिफारिसमा संस्थाको नेतृत्व गर्न अगाडी बढेका छन् । उनी डेढ दशक अघि पोखरा च्याप्टरबाट नाट्टाको सदस्य भएर केन्द्रमा सदस्य, कोषाध्यक्ष, द्वितिय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै अनुभवको संगालो बोकेर नेतृत्व गर्न अगाडी बढेका छन् । ट्राभल व्यवसायमा विग हाउसको सूचिमा रहेको सम्राट ग्रुपको सिइओ पाण्डे पोखरा र चितवनमा प्रसिद्ध व्यवसायीको रुपमा कहलाएका छन् ।

नेपाली काँग्रेस निकट संगठनको सिफरिमा प्रथम उपाध्यक्षको उम्मेदवार रहेका अच्युत गुरागाईं विगतमा नाट्टाको महासचिव भएर राम्रो नेतृत्व गरेका उनी आफै अध्यक्षको प्रत्यासीको रुपमा तीम निर्माणको चरणमा थिए । तर, चुनाव नहुने र सबैको भावना एकै ठाउँमा समेटिने हुँदा किन प्रतिस्पर्धामा उत्रनु भनेर प्रथम उपाध्यक्ष स्वीकार गर्दै सिएनको टीममा रहन तयार भए । उनको निष्कर्श छ सबै मिलेर मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ भन्ने । उनी सि एण्ड स्काई टुर्सका सञ्चालक हुन् ।

द्वितिय उपाध्यक्षका उम्मेदवार सुनिल शर्मा एयरलाइन्स क्षेत्रमा उत्कृष्ट कहलिएका व्यवसायी हुन भन्ने कुरा नाट्टाका सदस्यलाई भन्नै पर्दैन । सोसाइटी ट्राभलका सञ्चालक उनी नाट्टाका पुराना सदस्य हुन् । यद्यपी उनी स्वतन्त्र व्यवसायीहरुको प्रतिनिधित्व गर्छन ।

महासचिवका उम्मेदवार यस अघि नाट्टामा सचिव भएर काम गरिसकेका व्यक्ति हुन् । उनलाई नेपाली काँग्रेस निकट संगठनले सिफारिस गरेता पनि स्वतन्त्र व्यवसाय गर्दै आफुलाई अब्बल सावित गरेका व्यक्ति हुन् । मुनसुन ट्राभलका सञ्चालक उनी योग्यता अनुभवले खारिएका नेतृत्व हुन् ।

सचिवका उम्मेदवार हरिभक्त श्रेष्ठ नाट्टाका पुराना सदस्य हुन् । उनलाई नेकपा एमाले निकट व्यवसायी संगठनले सिफरिस गरेको हो । तर उनी पेशा र व्यवसायमा खारिएका व्यसायी हुन । अनुभवी र सबैले चिनेजानेका उम्मेदवार श्रेष्ठ होलि ल्याण्ड टुर्स एण्ड ट्राभलका सञ्चालक हुन् ।

कोषध्यक्षका उम्मेदवार राजकुमार थापा मगर माओवादी निकट पर्यटन व्यवसायीको सिफारिसमा उम्मेदवार भएका हुन् । तर, उनी भिटोफ नेपालका सफल महासचिव हुन भन्ने कुरा सबैसामु छर्लङ्ग छ । ए वान एक्सक्ुयरसन टुर्सका सञ्चालक उनी संगठन र कोष निर्माणमा अब्बल छन् ।

सहकोषध्यक्षका उम्मेदवार सुरेन्द्र भट्टराई युवा जोशका साथ पर्यटन क्षेत्रमा स्थापित व्यवसायी हुन् । सफल उद्यमीको छवी बनाएका वैशाली ट्राभलको उञ्चालक उनी आफ्नो व्यवसाय मात्र हैन छाता संगठन नै सफल बनाउन टीममा अगाडी बढेका छन् ।

सदस्यका उम्मेदवारहरु पनि एकसेएक अव्वल छन् । नेपाल विग माउण्टेन ट्राभलका सुदर्शन नेपाल, प्रेस्टिज नेपाल ट्राभलका देवकी गुरुङ, प्रेसियस ट्राभल एण्ड टुरका कुमारमणि थपलिया, हिमालयन पानारोमा टुरका फुरी ग्याल्जेन शेर्पा, बोन ट्राभल एण्ड टुर्सका रमेश पौडेल, अर्किड टुर एण्ड ट्राभल्सका रोमस श्रेष्ठ, सि लिंक ट्राभलका राजु ढकाल, स्काई मुन ट्राभल एण्ड टुर्सका इनु थापा सदस्यका उम्मेदवार हुन् ।

सदस्यमा पनि पेशागत दक्षता र दृढ इच्छाशक्ति भएका युवाहरुको प्रतिनिधित्व रहर लाग्दो र भरलाग्दो छ । समावेशीका हिसावले पनि अब्बल प्रतिनिधित्व यहीं पाइन्छ । संगठनको लगाम भएका र भविष्यमा पनि यस्ता संघ संगठनमा काम गर्न चाहने व्यक्तित्वहरुको टीम घाम जत्तिकै छर्लङ्ग छ । नाट्टाको आगामी कार्यकालमा गर्न चाहेको काम यो टीमले पनि पुरा गर्न सकेन भने सोचौंकी बाँकी कोही कसैले केही माखो मार्नेवाला छैन ।

तसर्थ व्यवसायीले यति कुरा बुझेकै छन्, संस्थामा लाभको पद ग्रहण गर्न हैन काम गर्ने प्रतिनिधी पठाउनु छ । पक्कै पनि आफ्नो असली प्रतिनिधित्व, पेशागत सुरक्षा र राष्ट्रिय लक्ष्य हासिल गर्न सक्षम नेतृत्व को हुन सक्छ भन्ने हेक्का व्यवसायीले यस अघि नै राखिसकेका छन् चुनाव त केवल प्राविधिक कुरा मात्र हो । तै पनि लोकतन्त्रको सम्मान स्वरुप चुनावमा सहभागी हुनै पर्ने वाध्यता सदस्यहरुसामु छ । व्यवसायी सदस्यहरुले प्रकृयामै गएर पुस २८ गते व्यालेट मार्फत फैसला गर्दैछन् । हाम्रो पनि शुभेच्छा छ सबै मिलेर राम्रो गर्न सकुन्, बेथिति गर्न खोजिए खबरदारी पनि यसै गरी गर्ने नै छौं ।

(लेखक कार्की पर्यटन पत्रकार मञ्चका कार्यकारी प्रमुख हुन्)
२०७४ पुस २७ गते प्रकाशित

वि.सं.२०७४ पुस २७ बिहीवार १२:१९ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कति बढ्यो ?

सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कति बढ्यो ?

वि.सं.२०८० चैत ६ मंगलवार ११:३९

काठमाडौं । कारोबार भएको पहिलो दिन नै सर्वोत्तम सिमेन्टको सेयरमा...

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा   

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा   

वि.सं.२०८० चैत ६ मंगलवार ११:३२

काठमाडौँ, ६ चैत : राजस्व अनुसन्धान विभागले भन्सार छली गरी...

दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह   

दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह   

वि.सं.२०८० चैत ६ मंगलवार ११:२६

काठमाडौँ, ६ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा...

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत   

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत   

वि.सं.२०८० चैत ६ मंगलवार ११:२१

महेन्द्रनगर (कञ्चनपुर), ६ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ...

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० चैत ६ मंगलवार ११:१५

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ ।...

सर्वोत्तम सिमेन्टको पहिलो सेयर कारोबार सुरु, कतिमा भयो ?

सर्वोत्तम सिमेन्टको पहिलो सेयर कारोबार सुरु, कतिमा भयो ?

वि.सं.२०८० चैत ६ मंगलवार ११:०७

काठमाडौं । बुक विल्डिङ विधिमार्फत आइपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको...