back
NMB ad

एनसेलले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गर्ने !

Kumari bank ad

काठमाडौ । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक एनसेलले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कम्पनी ऐन (पहिलो संशोधन २०७४) लाई प्रमाणीकरण गरेसँगै निजी क्षेत्रका दूरसञ्चार कम्पनीले पनि आईपीओ जारी गर्नैपर्ने भएपछि एनसेलले सेयर जारी गर्ने भएको हो ।

संशोधित विधेयकमा पाँच करोडभन्दा बढी चुक्तापुँजी भएका दूरसञ्चार कम्पनीले दुई वर्षभित्रमा नै सर्वसाधारणका लागि सेयर जारी गर्नुपर्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुरुप एनसेलले सर्वसाधारणका लागि अनिवार्य सेयर जारी गर्नुपर्ने भएको हो । निजी क्षेत्रकै अर्को दूरसञ्चार सेवा प्रदायक यूटिएलले पनि अब सर्वसाधारणका लागि सेयर जारी गर्नुपर्नेछ ।

एनसेल प्रा.लिको मुख्य कम्पनी टेलियासोनेराबाट आएको टोलीले प्रारम्भिक अध्ययन गरेर सेयर निष्काशन गर्ने सम्बन्धमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेप्सेसँग परामर्श समेत गरिसकेको छ । एनसेलमा टेलियासोनेराको प्रत्यक्ष स्वामित्व ६०.४ प्रतिशत रहेको छ ।

प्रकाशित मितिः २०७४ बैशाख २७

वि.सं.२०७४ वैशाख २७ बुधवार ११:३५ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...