back
NMB ad

कर असुलेपछि मात्रै एनसेललाई सेवा अनुमति !

Kumari bank ad

काठमाडौ । कर असुल गरेपछि मात्र एनसेललाई चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) चलाउन दिने निर्णय गर्न भन्दै डाकिएको सार्वजनिक लेखा समिति बैठक उक्त विषयसम्बन्धी महत्वपूर्ण निर्णय नै नगरी सकिएको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकमा अधिकांश सांसदहरुले एनसेलबाट कर असुलेपछि मात्र फोरजी सेवाको अनुमति दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

सांसदहरुको उक्त माग भएपछि समिति बैठकले भने महत्वपूर्ण निर्णय गर्न सकेन । एनसेलको कर र फोरजीका विषयमा थप अध्ययन र छलफल गर्नुपर्ने भन्दै बैठक अर्को मिति तय नभएसम्मका लागि स्थगित भएको छ । बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लले ‘यस विषयमा थप छलफल गर्नुपर्ने खाँचो देखिएको बताए ।

बैठकले २०६८ साल पुस २५ गते लेखा समितिले गरेको निर्णय र निर्देशनको कार्यान्वयनका अवस्थाबारे भने सूचना तथा सञ्चार मन्त्रालयसँग प्रगति माग गर्ने निर्णय गरेको छ । त्यसबेला लेखा समितिले नेपालमा दूरसञ्चार सेवाको फ्रिक्वेन्सी वितरणमा अराजकता भएको भन्दै बोलकबोलबाट वितरण गर्नुपर्ने निर्णय गरेको थियो । समितिले उपसमिति गठन गरी फ्रिक्वेन्सीबारे अध्ययन समेत गराएको थियो ।

दुईदिन अघिमात्र लेखा समितिले अर्थ मन्त्रालय र त्यस सम्बद्ध अधिकारीलाई बोलाएर तीन महिनाभित्र एनसेलबाट असुल्नुपर्ने पूँजीगत लाभकर उठाउन निर्देशन दिएको थियो । सो बैठकमा सांसदहरुले कर असुल नभई सरकारले टेलिकमलाई फोरजी सेवा दिन लागेको भन्दै विरोध गरे पनि मंगलबार त्यससम्बन्धी छलफल गर्न बैठक डाकिएको हो ।

गत वर्ष एनसेलबाट युरोपेली कम्पनी टेलियाले आफ्नो ८० प्रतिशत सेयर मलेसियन आजियाटालाई बिक्री गर्दा लाग्ने पूँजीगत लाभकर छल्न खोजेपछिको विवाद अहिलेसम्म टुङ्गिएको छैन । एनसेलले कुल ३३ अर्ब रुपैयाँ लाभकर बुझाउनु पर्ने देखिएको कर निर्धारणमा सम्लग्न सरकारी अधिकारीहरुले बताउँदै आएका छन् । अग्रिम कर बापत टेलियाका तर्फबाट भन्दै एनसेलले करिब १० अर्ब रुपैयाँ बुझाए पनि बाँकी रकम भने हालसम्म बुझाएको छैन ।

प्रकाशित मितिः २०७३ माघ ४

वि.सं.२०७३ माघ ४ मंगलवार १५:१४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...