back
NMB ad

विद्युत प्राधिकरणको सिइओ नियुक्ति विवादमा, डिएमडीहरु पुगे अदालत !

Kumari bank ad
काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्तीको विरोधमा चार जना उपकार्यकारी निर्देशक (डिएमडी)ले सर्वोच्चमा रिट दायर गरेका छन् ।
सामान्य प्रक्रिया पनि पुरा नगरेको र नियम मिचेर सरकारले कार्यकारी निर्देशक नियुक्त गरेको भन्दै उनीहरुले रिट दायर गरेका हुन् । प्राधिकरणका उत्पादन विभाग निर्देशनालयका उपकार्यकारी निर्देशक शेरसिंह भाट, योजना कार्यन्वयन निर्देशनालयका उपकार्यकारी निर्देशक सुरेन्द्रराज भण्डारी, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक कनैयाकुमार मानन्धर र तनहुँ हाइड्रोपावर लिमिटेडका प्रवन्ध निर्देशक सुनीलकुमार ढुङेलले रिट दायर गरेका हुन्। उनीहरु प्राधिकरणमा १२औं तहमा कार्यरत छन् ।
ज्यालादारीमा मान्छे भर्ना गर्दा त १५ दिनको म्याद दिइन्छ भने तीन दिनको म्याद राखेर इच्छुकले वायोडाटा पठाउ भनेर नेपाल विद्युत प्राधिकरणलाई भनियो, डिएमडी भाटले भने, त्यो सूचना पनि हामीलाई २९ गते दिइयो, त्यही दिन दिउँसो तीन बजेट त क्याविनेटले एमडी नियुक्त गर्यो । हामीले यही कुरा नियम संगत भएन भनेका हौं । उनीहरुले इच्छुक व्यक्तिलाई पर्याप्त सयम नै नदिएको रिटमा उल्लेख गरेका छन् । रिटमा नेपाल सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तिरिम आदेश दिन पनि माग गरिएको छ ।
विद्युत प्राधिकरण ऐन अन्तर्गत चलेको सस्था भएकोले त्यसमा एमडीका लागि सरकारले कुनै पनि प्रकारको क्राइटएरिया तोक्ने अधिकार नभएको तर यस पटक कानुन विपरित उर्जामन्त्रीले एमडीको सेवा सर्त तोकेको आरोप पनि उनीहरुले लगाएका छन् ।
५ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज ५ बुधवार १९:५९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...