back
NMB ad

प्राधिकरण र टेलिकमबीच माथिल्लो त्रिशूली थ्रि ‘बी’ को पिपिए

Kumari bank ad

काठमाडौ । नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्रि ‘बी’ जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । प्राधिकरण र आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीबीच गत मंगलबार पीपीएमा हस्ताक्षर भएको हो । प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार आयोजनाबाट हिउँदमा (मंसिर १६ देखि जेठ १५ सम्म) उत्पादन हुने १३४.८८ गिगावाट घन्टा र वर्षामा (जेठ १६ देखि मंसिर १५ सम्म) उत्पादन हुने १५७.७१ गिगावाट घन्टा प्राधिकरणले खरिद गर्नेछ । पिपिए दर वर्षा र हिउँदमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र ८ रुपैयाँ ४० पैसा छ ।

आगामी पुसबाट निर्माण सुरु गर्ने लक्ष्य राखिएको कम्पनीका प्रबन्ध सञ्चालक गौतमले बताए । ‘अहिले आयोजना निर्माण गर्न ठेकेदार छनोटको काम भइरहेको छ,’ उनले भने, ‘निर्माण सुरु भएको ३६ महिनाभित्र पूरा गर्ने लक्ष्य छ ।

वित्तीय व्यवस्थापन गर्न नबिल बैकको नेतृत्वमा सहवित्तीयकरणमा लगानी गर्न प्रारम्भिक सम्झौता भएको उनले जानकारी दिए । सहवित्तीयकरणमा जलविद्युत लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष र नेपाल बैक संलग्न छन् ।

आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०र३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तिय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत तथा प्राधिकरण तथा टेलिकममा कार्यरत कर्मचारीको ५ प्रतिशत सेयर रहनेछ ।

नुवाकोट र रसुवामा निर्माण हुने यो आयोजनामा प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रि ‘ए’को क्यास्केड हो । यसको क्षमता बढाएर ४२ मेगावाट पुर्याउने कम्पनीको योजना छ ।

प्रकाशित मितिः २०७४ भदौ ८

वि.सं.२०७४ भदौ ८ बिहीवार १३:४६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...