back
NMB ad

दुई कम्पनीका बोनस र हकप्रदको आकर्षक प्रस्ताव,भदौ २४ र भदौ २८ को मिति ख्याल गर्नुहोस् !

Kumari bank ad

काठमाडौ । नेको इन्स्योरेन्स कम्पनी र एन.बि. इन्स्योरेन्स कम्पनीको साधारण सभा आगामि असोज १० गते हुने भएको छ । नेकोले १० प्रतिशत बोनस सेयर तथा बोनसपछि कायम हुने पूँजीको दुई बराबर एक कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित नेपाल पर्यटन बोर्ड भुकृटीमण्डपमा बाइसौं साधारणसभा बोलाएको हो ।

इन्स्योरेन्स कम्पनीले ७ करोड १२ लाख ८९ हजार ५९९ रुपैयाँ बराबरको बोनस तथा बोनसमा लाग्ने कर वापत ३७ लाख ५२ हजार ८४ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । साधारणसभामा भाग लिन र
प्रस्तावित बोनस प्राप्त गर्न भदौ २८ गतेसम्म सेयर किन्नुपर्ने हुन्छ वा उक्त मितिभन्दा अगाडि सेयरधनी रहेका लगानीकर्ताहरु सहभागि हुन सक्नेछन् ।

यस्तै एन.बि. इन्स्योरेन्स कम्पनीले बीमा समितिको निर्देशन अनुरुप चुक्ता पूँजी एक अर्ब पुर्याउन १० बराबर आठ कित्ता अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । लैनचौर बैंक्वेटमा कम्पनीको २० औं बार्षिक सधारणसभा हुनेछ । कम्पनीको अधिकृत पूँजी दुई अर्ब रुपैयाँ पुर्याउने तथा कम्पनीको १८ औं र १९ औं बार्षिक साधारणसभाले प्रस्ताव गरेअनुरुप कम्पनीको नाम र लोगो परिवर्तन गर्ने लगायतका अन्य प्रस्ताव साधारणसभामा लगिंदैछ ।

भदौ २४ गतेसम्म सेयर किनेका वा उक्त मितिभन्दा अगाडि सेयरधनी रहेका लगानीकर्ताहरु साधारणसभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मितिः २०७४ भदौ २०

वि.सं.२०७४ भदौ २० मंगलवार ११:२९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...