back
NMB ad

पत्रकार सम्मेलनमै रोए नेइमार (भिडियोसहित)

Kumari bank ad

काठमाडौं । काभानीसँगको खराब सम्वन्धलाई लिएर भएका अड्कलबाजी, प्रशिक्षक युनाइ एम्रीसँगको मतभेद र सँँधै मानिसहरुको नजरमा पर्नु ‘ ब्राजिलको पोष्ट म्याच कन्फ्रेन्सका क्रममा नेइमार परिवार सम्झिएर रोएका छन् । खासमा प्रशिक्षक टिटेले उनको प्रशंसा गरिरहेका थिए । तर, प्रशिक्षकको प्रशंसाले भावुक बनेका नेइमारले आफूलाई सम्हाल्न सकेनन् ।

सँधै मिडियाबाट घेरिइरहनु मात्र होइन, नेइमार दुःखी हुनुका धेरै कारण छन् । कीर्तिमानी मूल्यमा पीएसजीमा आवद्ध भएपछि उनी पेरिसमा बस्दै आएका छन् । उनको साथमा साथीभाइ र ब्राजिलियन नै रहेपनि उनले परिवारलाई मिस गरेका छन् । उनका छोरा अझै बार्सिलोनामा बस्छन् । उनकी आमा र दिदी ब्राजिलमा बस्दै आएका छन् ।

उनलाई भाषाले पनि अझै समस्या बनाएको छ । फ्रान्च भाषा राम्ररी नजानेकै कारण उनलाई अझै सम्वादमा अफ्ठ्यारो हुने गरेको छ, जसले पेरिस सेन्ट जर्मेनको ड्रेसिङ रुमको वातावरणलाई सहज बनाएको छैन । नेइमारले भने एम्रीसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताए । ब्राजिलका प्रशिक्षक टिटेले नेइमारसँग कुनै समस्या नरहेको र उनी निकै ठूलो हृदय भएका व्यक्ति रहेको बताए । टिटेले आफ्नो प्रशंसा गरिरहँदा नेइमार रोए र त्यहाँबाट निस्केर गए । जापनसँगको खेलमा नेइमारले पेनाल्टीमार्फत एक गोल गरेका थिए भने एउटा पेनाल्टीमा चुकेका थिए ।

https://www.youtube.com/watch?time_continue=49&v=V5kWE8X6uvc

प्रकाशित मितिः२०७४ कार्तिक २६

वि.सं.२०७४ कात्तिक २६ आइतवार १४:२७ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...