back
NMB ad

नेईमारविरुद्ध मुद्धा चल्दै

Kumari bank ad

ब्राजिली स्ट्राइकर नेइमारले बार्सिलोनासँग बोनसस्वरूप १ करोड डलर लिए पनि पछि सम्झौताविपरीत विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मन (पिएसजी) सँग सरुवा सम्झौता गरेकोमा स्पेनिस टोलीले उनीमाथि मुद्दा चलाउने भएको छ। बार्सिलोनाले मंगलबार नेइमारबाट बोनसस्वरूप दिएको रकमको शोधभर्ना चाहेको बताएको छ।

गत वर्ष अक्टोबरमा २०२१ सम्म क्याटलान टोलीमै रहने सम्झौता गरेपछि नेइमारले उक्त बोनस पाएका थिए। तर नेइमारले सम्झौता उल्लंघन गरेपछि उनले बोनस र त्यसको १० प्रतिशत थप रकम बुझाउनुपर्ने बार्सिलोनाको माग छ।

पिएसजीले बार्सिलोनालाई यसै महिनाको पूर्वार्द्धमा २२ करोड २० लाख युरो तिरेपछि मात्र नेइमार बार्सिलोना छोड्न सफल भएका थिए। तर नयाँ सम्झौता गरेको केही महिनामै त्यसलाई तोडेका कारण बार्सिलोनाले नेइमारबाट क्षतिपूर्तिसमेत चाहेको जनाएको छ। नेइमारले नतिरे उक्त रकम पिएसजीले तिर्नुपर्ने समेत बार्सिलोनाको जिकिर छ।

पिएसजीले मंगलबारै ढिलो गरी विज्ञप्ति जारी गर्दै बार्सिलोनाको पछिल्लो कदमबाट आफू आश्चर्यमा परेकोु जनाएको छ। स्पेनमा आफ्नै पूर्वखेलाडी नेइमारमाथि बार्सिलोनाले कानुनी कदम चालेकोमा आश्चर्य जनाएको पिएसजीले थपेको छ, पिएसजीले नेइमारको पूर्वक्लबलाई ठूलो रकम तिरेको थियो। पिएसजीले आवश्यक परे फेरि पनि त्यसो गर्नेछ। हामी जहिले पनि विद्यमान कानुनको सम्मान गर्छाैं त्यसलाई पालना गछौं। तथापि हामी बार्सिलोनाको व्यवहारप्रति भने दुखी छौं।

प्रकाशित मितिः २०७४ भदौ ८

वि.सं.२०७४ भदौ ८ बिहीवार १३:५७ मा प्रकाशित

You can share this post!

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...