back
NMB ad

हेलिकप्टरको बिलले मन्त्रीलाई हैरानी

Kumari bank ad

काठमाण्डौं । वातावरणमन्त्री विश्वेन्द्र पासवानले चैत तेस्रो साता २० हजार रुपैयाँको लागतमा सिरहाको बेलहामा दुईवटा सोलार बत्ती उद्घाटन गर्न करिब ३ लाख रुपैयाँ भाडा लाग्ने हेलिकप्टर प्रयोग गरे।

मन्त्रालय आउजाउ गर्न साइकल चढ्नेदेखि विदेश उड्न ठिक्क परेका सहसचिवलाई फिर्ता बोलाई पासपोर्ट कब्जामा लिएर चर्चा कमाएका मन्त्री पासवान आफ्नै गाउँका जनतालाई देखाउनकै निक्ति हेलिकप्टर चढेका थिए।

तर उनलाई अहिले त्यही हेलिकप्टरको बिल टाउको दुखाई बनेको छ। नेपाली सेनाले मन्त्री पासवानका लागि चार्टर गरिएको हेलिकप्टरको बिल तिरिदिन चार महिनादेखि रक्षा मन्त्रालय हुँदै वातावरण मन्त्रालयलाई ताकेता गरिरहेको छ, तर मन्त्रालयले त्यो आफ्नो कार्यक्रममा प्रयोग नभएको भन्दै पन्छिरहेको छ।

मन्त्री पासवान भने बिलले हैरान भएका छन्। ‘हामीले सेनाको बिल बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा पठाइदिएका छौं,’ मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव हरि घिमिरेले मंगलाबार भने,‘हामीले तिर्न मिल्दा पनि मिल्दैन, बजेट पनि छैन।’

सेवा निबृत्त हुनुभन्दा दुई दिन अघि गत चैत १५ मा तत्कालीन सचिव विजयकुमार मल्लिकले मन्त्री पासवानका लागि हेलिकप्टर उपलब्ध गराईदिन रक्षा मन्त्रालयलाई आग्रह गरेका थिए। त्यसै अनुसार रक्षाले मन्त्री पासवानका लागि सेनाको पाँच सिटे हेलिकप्टर उपलब्ध गराएको थियो। कान्तिपुर दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ साउन १

वि.सं.२०७३ साउन १ शनिवार १०:१४ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...