काठमाडौ । उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले नेपाल बैंक लिमिटेडमा रहेको नेपाल सरकारको शेयर विनिवेश प्रक्रिया अगाडि बढाउने बताएका छन् । मन्त्री महराले अर्थ मन्त्रालयमा बुधबार एक्सन प्लान सार्बजनिक गर्दै उनले छानिएका सार्वजनिक संस्थानहरूलाई निजी क्षेत्रको व्यवस्थापनमा सञ्चासलन गरिने बताए ।
उनले आन्तरिक पूँजी बजारको सुदृढीकरणका लागि पूँजी बजारमा संस्थागत लगानीकर्ताहरूको प्रवेशलाई बढावा दिने आफ्नो योजना रहेको बताए । निजी र पारिवारिक व्यवसायलाई नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हुन प्रोत्साहित गर्ने उनले जानकारी दिए ।उनले कमोडिटी बजारलाई सरकारको नियगमन भित्र राख्ने योजना पनि सुनाए ।
प्रकाशित मितिः २०७३ माघ ५
वि.सं.२०७३ माघ ५ बुधवार १६:५० मा प्रकाशित