back
NMB ad

नेपाल वायुसेवा निगमको भाडा घट्दै

Kumari bank ad

काठमाडौं।नेपाल वायु सेवा निगमले आन्तरिक उडानमा बजार हिस्सा बढाउन हवार्इ भाडा घटाउने भएको छ।आन्तरिक उडानमा यात्रु आकर्षित गर्न भाडा घटाउने रणनीति अख्तियार गर्न लागेको हो।

निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले भाडा घटाउने प्रस्ताव अब बस्ने बोर्ड बैठकमा लैजाने जानकारी दिए। उनका अनुसार हवार्इ भाडा घटाउनेवित्तिकै यात्रुहरु आर्कषित हुने र पूरानो बजार पुर्नस्थापना गर्न सकिने विश्वास छ।

नेपालको कुल एक खर्ब हवार्इ बजारमा निगमको १० प्रतिशत मात्रै हिस्सा छ।निगमले अबको दुर्इ वर्षमा २५ प्रतिशत बजार हिस्सा पुर्याउने लक्ष्य लिएको छ। चीनको चार वटा जहाजबाट आन्तरिक बजार हिस्सा बढाउने र अन्तर्राष्ट्रिय उडानमा नयाँ एयरबस आएपछि बजार बढ्ने उनको अनुमान छ।कंशाकारले निगमका कर्मचारीले बजार हिस्सा बढाउन दत्तचित्त भएर लागेको बताउँदै सबै रणनीति अख्तियार गरेर बजार हस्तक्षेप गर्ने दाबी गरे।त्यही नीति अन्तर्गत निगमले थप गरिएका दुईवटा चिनियाँ जहाजवाट हप्तामा ९० उडान गर्ने जनाएको छ। यसअघि हप्तामा ७० वटा उडान भर्दै आएको निगमले थप उडान थालेको हो।

जहाज थप भएपछि बुधवार निगमले आन्तरिक तर्फका उडानमा हेरफेर नगरी संख्या थप गरेको हो। एमए ६० जहाजले दैनिक दुई पटक काठमाडौं–विराटनगर र काठमाडौं–धनगढी दैनिक उडान भर्नेछ । हप्ताको आइतबार,सोमबार,मंगल र शुक्रबार काठमाडौंबाट भद्रपुर उडान गर्नेछ।

मंगलबार, विहीवार र शनिबार काठमाडौ –भैरहवा उडान गर्ने निगमको जानकारी दिएको छ । वाइ १२ ई जहाजले दैनिक दुइपटक काठमाडौं– पोखरा, काठमाडौं – नेपालगञ्ज उडान गर्ने जनाएको छ । मंगलबार, बिहीवार र शनिबार काठमाडौं –सिमरा उडान हुनेछ। त्यस्तै काठमाडौं भैरहवा आइतवार, सोमवार, बुधवार र शुक्रवार उडान हुनेछ।

ई – टिकेटिङ प्रणाली आउने

निगमले चाँडै ल्याउन लागेको इ–टिकेटिङका लागि अमेरिकी कम्पनी एआरसी अमेरिकासँग ट्राभल तथा टिकेटिङका लागि सम्झौंता गर्ने तयारी भएको छ।

सो कम्पनीको अमेरिकाभर १४ हजार ट्राभल कम्पनी छ।कंशाकारले अमेरिका तथा यूरोपमा वायु सेवा निगमको प्रचार प्रसारका लागि सहयोग पुग्ने अपेक्षा गरे। बिजमाण्डु डटकमबाट

प्रकाशित मितिः २०७३ फागुन १४

वि.सं.२०७३ फागुन १४ शनिवार १३:४२ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...