back
NMB ad

नेपाल हुँदै भारतसम्म रेल जोड्न चीन व्यग्र

Kumari bank ad

काठमाडौं ।  चीनले नेपालतर्फ विस्तार हुने छिङ्हाई—तिब्बत रेलसञ्जाललाई भारतसम्म लैजान आफू ब्यग्र रहेको जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री र ओलीबीच छिङ्हाई—तिब्बत रेलसञ्जाललाई नेपाल हुँदै भारतसम्म विस्तार गर्ने बिषयमा छलफल भएको चिनियाँ एक विज्ञलाई उदृत गर्दै भारतीय दैनिक हिन्दुले समाचारमा उल्लेख गरेको छ ।

‘चिनियाँ र नेपाली प्रधानमन्त्रीबीच भएको छलफललाई आधार मान्ने हो भने चीन, नेपाल र भारतबीच रेलसञ्जाल जोडिनुपर्छ’ चीनको इन्स्टिच्युट अफ हिस्ट्री स्टडिजका निर्देशक चाङ् युनले भारतीय पत्रकारसँग बेइजिङ्मा भएको भेटमा भनेका छन् ।

उनले छिङ्हाई तिब्बत रेललाई नेपाल—चीन रेल सीमासम्म विस्तार गर्ने काम सक्दो चाँडै सम्पन्न गर्न चीन लागिपरेको बताएका छन् । ‘चिनियाँ रेल नेपालतर्फ जोडिनुपर्छ भन्नेमा नेपालभित्र ब्यापक समर्थन छ ।

भारतमा पनि एउटा तप्का नेपाल हुंदै रेलमार्ग विस्तार भए द्विपक्षीय संबन्ध सुदृढ हुन्छ भन्ने विश्वास राख्छ । तर फेरी भारतभित्रै अर्को तप्का नेपाल आउने चिनियाँ रेल विस्तार भए भारतलाई घाटा हुने देख्छ ।’

निर्देशक चाङ् चिनियाँ सरकारलाई स्वशाषित क्षेत्र तिब्बतको मामिलामा सल्लाह दिने एक अनुसन्धान कार्यदलमा सदस्य रहेको हिन्दूले समाचारमा जनाएको छ । चीन, नेपाल र भारतबीच रेल विस्तार भए तिनै मुलुकले फाइदा लिने उनले बताए ।

विज्ञहरु कुटनीतिक मामिलाका जानकारहरुले चीन विश्को महाशक्ति बन्ने दिशामा अघि बढेकाले चीनको प्रगतिबाट लाभ लिन चीनलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को सदस्य बनाउनुपर्ने बताएका छन् ।

‘चीन र भारतका उच्च राजनीतिक नेतृत्वबीच एसिया क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण सहकार्य आवश्यक छ । यदी त्यसो भएको खण्डमा एक्काइसौँ सताब्दिमा एसियाले विश्वको नेतृत्व गर्न सक्छ’ चीनको सिन्ह्वा न्यूज एजेन्सिले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा जापानका लागि पूर्व नेपाली राजदूत डा। बिष्णु हरि नेपालले भने ।
चीनले रेल, सडक तथा समुन्द्री मार्गबाट एसिया, युरोप र अफ्रिकासँग आर्थिक संबन्ध सुदृढ गर्न अघि बढाएको ‘वान बेल्ट वान रोड’ रणनीतिमा सार्क सदस्य मुलुकहरुले सक्रियतापूर्वक सहभागि भए त्यसबाट एसिया क्षेत्रको समृद्दि र शान्तिमा महत्वपूर्ण सहयोग मिल्ने बताए ।

‘भारतले वान बेल्ट वान रोड रणनीतिप्रति सकारात्मक धारणा बनाउन आवश्यक छ । यदी भारत यसमा सकारात्मक हुन सक्यो भने सार्क देशहरुबीच रेल तथा सडक एवम् समुन्द्री कनेक्टिभिटी बढाएर आर्थिक विकास तथा राजनीतिक स्थायित्व हासिन गर्न सहज हुनेछ’ उनले भने ।

कार्यक्रममा नेपाल—चीन संबन्धका जानकार तथा दि राइजिङ् नेपालका सम्पादक युवनाथ लम्सालले चीनले अघि बढाएको ‘वान रोड वान बेल्ट’ रणनीति एसियाका लागि मात्रै नभएर विश्वकै पूर्वाधार विकासमा कोसेढुंगा रहेको बताए । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रकाशितः २०७३ जेठ १०

वि.सं.२०७३ जेठ १० सोमवार १०:१९ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...