back
NMB ad

अमेरिकामा हुन लागेको नेपाली मेलाको प्रचार प्रसार तिव्र

Kumari bank ad

काठमाण्डौं । अमेरिकाको प्रख्यात शहर न्युयोर्कको म्यानहाटनमा आगामी सेप्टेम्बरमा आयोजना गर्न लागिएको नेपाल प्रदर्शनी तथा अन्तराष्ट्रिय ब्यापार मेलाका लागि आयोजकहरुले प्रचारप्रसार तिब्र बनाएका छन् ।

वर्ल्ड बिजनेश म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट (डब्लुबिएमसी) एलएलसीले न्युयोर्कको म्यानहटनको पियर ९२ मा आयोजना गर्न लागेको सो मेलामा आयोजकले मेला स्थल ९० हजार डलर (करिव १ करोड) रुपैया तिरेर भाडामा लिएका छन् । स्टल बनाउन २ लााख ४ हजार डलर तिरेका छन् । प्रचार प्रसारसमेत गरेर ६ लाख डलर (६ करोड रुपैयाभन्दा बढी) खर्च हुने बताएका छन् ।

सेप्टेम्बर ३० तारिख देखि अक्टोबर २ सम्म हुने उक्त मेलामा नेपाली कृषि उत्पादन, सांस्कृतिक तथा सम्पदा झल्कने सामाग्री, जडिबुटी, थांका पेन्टिङ, पस्मिना, कफि, चिया, पाल्पाली ढाका, सुठो, अलैंची, खुकुरी, खुकुरी रम, नेपालको मूर्तिकला, गहना लगायतका सामग्री प्रदर्शनीमा राखिने सो मेलाका प्रवन्ध निर्देशक अमृत कंडेलले जानकारी दिएका छन् ।

नेपालबाट आफ्नो व्यापार व्यवसाय प्रवद्र्धन गर्न चाहने र उक्त मेलामा भाग लिन चाहनेले मेला आयोजकले तोकेको उत्पादक वस्तुहरुको लिष्ट अनुसार आफ्नो सामानको प्रदर्शन गर्न पाउनेछन् । यसका साथै सो मेलामा स्टल राख्नका लागि तीन प्रकारका स्टलहरु उपलब्ध रहेको तिनीहरको क्रमशः १० हजार ६ सय ९९ डलर, ९ हजार ९९ डलर र ७ हजार ४ सय ९९ डलर पर्ने पनि आयोजकले जानकारी दिएका छन् ।

नेपाली सामानको विदेशमा पहिचान गराउनुका साथै नेपाली वस्तुहरुलाई विश्व सामु चिनाउने हिसाबले मेलाको आयोजना गर्न लागिएको बताइएकोछ ।
१३ जेठ २०७३, ४.३०

 

वि.सं.२०७३ जेठ १३ बिहीवार १६:४८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...