back
NMB ad

तयार बस्नुहोस्, विकास बैंकले ल्याउँदैछ करिब पौने दश लाख कित्ता एफपिओ

Kumari bank ad

काठमाण्डौं । नेपाल ग्रामीण विकास बैंकले ९ लाख ७५ हजार कित्ता एफपीओ जारी गर्ने भएको छ । बैंकले आफ्नो पूँजी बढाउन सो परिमाणमा थप साधारण सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको दोस्रो वार्षिक साधारणमा जानकारी गराएको हो । गत शुक्रवार बुटवलमा सम्पन्न बैंकको साधारणसभाले यस्तो निर्णय गरेको हो ।

हाल बैंकले ५३ जिल्लामा १ सय ९२ वटा कार्यालयहरु स्थापना गरी २ लाख १० हजार ९ सय १२ ग्राहक सदस्य र १ लाख ३६ हजार ५ सय १४ ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पु¥याउँदै आएको जनाएको छ ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकको अग्रसरतामा पाँच विकास क्षेत्रमा स्थापना भएका साविकका पाँच वटा ग्रामीण विकास बैंकहरु मर्ज भई वनेको राष्ट्रिय स्तरको लघु वित्त विकास बैंकको रुपमा यस बैंकले २०७१ साउन ३० गते देखि एकिकृत कारोवार शुरु गरेको हो । हाल यस बैंकको चुक्ता पूँजी ५५ करोड ७५ लाख रहेको छ ।

१७ माघ २०७३, ३।३०

वि.सं.२०७३ माघ १७ सोमवार १५:५८ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...