काठमाडौं । नेपाल हाइड्रो डेभलपर लि। ले ३ लाख ९० हजार कित्ता आइपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले आइपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
सेयर निष्काशनका लागि नेपाल हाइड्रोले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
प्रकाशित मितिः २०७३ चैत ११
वि.सं.२०७३ चैत ११ शुक्रवार १७:५२ मा प्रकाशित