back
NMB ad

खुल्यो नेपाल हाइड्रो डेभलपरको दुई लाख ६० हजार कित्ता आईपिओ !

Kumari bank ad

काठमाडौं। नेपाल हाइड्रो डेभलपर लिमिटेडले दुई लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गरेको छ । कम्पनीले दोलखाका आयोजना प्रभावितका लागि एक सय रुपैंया अंकित मूल्यमा दुई करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको छ ।

यो सेयर दोलखाको भिमेश्वर नगरपालिका ८, ९ र ११ वडा नंम्बर तथा मागपौवा गाविस ५ र काटाकुटी गाविस ६ का वासिन्दाले भर्न पाउँछन्। मंसिर १६ गतेबाट निष्काशन भएको शेयरका लागि प्रभावितहरुले  छिटोमा पुस १० तथा ढिलोमा माघ दुई गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितहरुले हाइड्रोको प्राथमिक शेयरका लागि अरनिको डेभलपमेण्ट बैंक दोलखा, तथा चरिकोट शाखा, कालिञ्चोक डेभलपमेण्ट बैंकको चरिकोट तथा बाघखोर शाखामा सम्पर्क गर्नुपर्ने छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका सञ्चालक रहेको कम्पनीको सेयरमा कम्तिमा ५० कित्ता र वढिमा एक हजार कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीको कुल सेयरमध्ये ७५ प्रतिशत संस्थापकसँग छ।

कुल २५ प्रतिशत सर्वसाधारणलाई छुट्याइएको मध्ये १० प्रतिशत आयोजना प्रभावितलाई बिक्री गर्न लागिएको हो। बाँकी १५ प्रतिशत चाँडै आमसर्वसाधारणलाई विक्री वितरण गरिने छ। कम्पनीको सेयरको निस्कासन तथा बिक्री प्रबन्धकमा एमएमबी क्यापिटल छ।

१६ मंसिर २०७३, १०।३०

वि.सं.२०७३ मंसिर १६ बिहीवार १०:५५ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...