back
NMB ad

नेपाल–भारत सीमा बन्द हुँदै,हेर्नुस कारण के हो ?

Kumari bank ad

कञ्चनपुर । भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा ४८ घण्टा नेपाल–भारत पश्चिमी सीमा बन्द हुने भएको छ । दुई देशका स्थानीय प्रशासन र सुरक्षा प्रमुखहरूबीच निर्वाचन अवधिमा सिमानाका बन्द गर्नुका साथै सुरक्षा सतर्कतासमेत बढाउने सहमति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए ।

आगामी फागुन ३ गते निर्वाचन तोकिएकाले फागुन १ गते बेलुकी ५ बजेबाट फागुन ३ गतेसम्म गड्डाचौकी नाकामा नेपाल–भारत आवागमनमा रोक लगाउने निर्णय भएको उनले बताए । निर्वाचनका समयमा सो नाका भएर नेपाल–भारत वारपार गर्ने तेस्रो मुलुकका नागरिकलाई प्रमाणसहित आवतजावत गर्न दिने सहमतिसमेत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सीमावर्ती भारतीय सहर बनबासामा बसेको बैठकमा अत्यावश्यक सवारीसाधनलाई सुचारु भएका वैधानिक नाकाहरूबाट मात्रै निर्वाचन अवधिभर सञ्चालन हुने प्रहरी उपरीक्षक चन्दले बताए । बैठकमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्द, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक इन्द्रराज कार्की तथा भारतको चम्पावत जिल्लाका डिएम, प्रहरी तथा एसएसबी प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः २०७३ माघ २३

वि.सं.२०७३ माघ २३ आइतवार १३:३५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...