काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त बोनस र नगद लाभांश दिने घोषणा गरेको हो ।
यसअघिको सूचनामा बैंकले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभाँश दिने उल्लेख गरेको थियो । टाइपमा भएको भूलका कारण बैंकले आफ्नो सूचना सच्याईएको उल्लेख गरेको छ । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गर्न भने बाँकी छ । अघिल्लो वर्ष पनि बैंकले २० प्रतिशत बोनस र २१ प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले हालैमात्र एस डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर एकीकृत कारोबार पनि थालिसकेको छ ।
प्रकाशित मितिः२०७४ भदौ २१
वि.सं.२०७४ भदौ २१ बुधवार १२:४२ मा प्रकाशित