back
NMB ad

जापानमा मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली खेलाडीमा को–को परे ?

Kumari bank ad

काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्को साताबाट हुने जापान भ्रमणका लागि २४ खेलाडीको नाम मंगलबार सार्वजनिक गरेको छ। साउन २७ गते जापान जाने नेपालले जापानमा ५ मैत्रीपूर्ण खेल खेल्नेछ।

मंगलबार सार्वजनिक गरिएको सूचीमा यमनविरुद्ध खेल्दाको टोलीमा ४ खेलाडी परिवर्तन गरिएको छ । गोलकिपर किरणकुमार लिम्बु, रक्षक आदित्य चौधरी र मिडफिल्डर रोहित चन्द जापान भ्रमणमा हुने छैनन् । किरणको स्थान विशाल श्रेष्ठले लिनेछन् । फिलिपिन्सविरुद्ध रातो कार्डको सामना गरेछि यमनविरुद्धको खेल गुमाएका विक्रम लामालाई टोलीमा बोलाइएको छ ।

आदित्यको स्थानमा विमल बस्नेत लिएका छन् । रोहितको स्थान विक्रम लामाले लिनेछन् भने सुमन लामाले पनि टोलीमा स्थान बनाउन सफल भएका छन् । किरण माल्दिभ्स र रोहित इन्डोनेसियाली क्लबमा अनुबन्धित भएका छन् । आदित्य घाइते छन् ।

नेपालले साउन २९ गते गाब्बा ओसाका यु–२३ विरुद्ध खेल्नेछ । ख्वानसेइ गाकुइन युनिभर्सिटीविरुद्ध साउन ३२ गते खेल्ने नेपालले भदौ १ गते एमिती स्पोर्टस क्लबविरुद्ध खेल्नेछ । नेपालले भदौ २ गते हनान युनिभर्सिटीसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेल भदौ ३ गते भिसेल कोबेको यु–१८ टोलीविरुद्ध खेल्नेछ । त्यसबाहेक नेपालले जापानको घरेलु लिग जे–लिगको एक खेल हेर्नेछ ।

मुख्य प्रशिक्षक ग्योटोकु कोजी रहेको टोलीमा ३ गोलकिपर, ९ रक्षक, ७ मिडफिल्डर र ५ फरवार्ड रहेका छन्। मुख्य प्रशिक्षक कोजीलाई राजुकाजी शाक्य र उज्ज्वल मानन्धरले सघाउनेछन् । टोली व्यवस्थापक विराटजंग शाही, डक्टर राजु डंगोल र दोभासे रोशन तुलाधर पनि टोलीमा समावेश छन् ।

जापानको परराष्ट्र मन्त्रालय तथा जापान फुटबल संघको निम्तो पाएको नेपालले १० दिने जापान भ्रमणलाई एएफसी एसिया कप छनोट प्रतियोगिताको तयारीका रूपमा लिएको एन्फाले जनाएको छ । छनोट प्रतियोगिताअन्तर्गत नेपालले भदौ २० गते ताजकिस्तानविरुद्ध काठमाडौंमा प्रतिस्पर्धा गर्नेछ । एएफसी एसिया कप छनोट प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपालले फिलिपिन्स भ्रमणमा ५–१ को नतिजा बेहोरेको थियो भने यमनसँग घरेलु मैदानमा १–१ को बराबरी खेलेको थियो ।

नेपाली टोलीः

गोलकिपरः विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने ।

रक्षकः विराज महर्जन, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, दिनेश राजवंशी र मानबहादुर तामाङ ।

मिडफिल्डरः विक्रम लामा, हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, अन्जन विष्ट, हेमन्त थापामगर, सुनिल बल।

फरवार्डः अनिल गुरुङ, भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, सुमन लामा ।

मुख्य प्रशिक्षक ग्योटोकु कोजी, प्रशिक्षक राजुकाजी शाक्य र उज्वल मानन्धर, डक्टर राजु डंगोल, दोभासे रोशन तुलाधर ।

जापानको परराष्ट्र मन्त्रालय तथा जापान फुटबल संघको निम्तो पाएको नेपालले १० दिने जापान भ्रमणलाई एएफसी एसिया कप छनोट प्रतियोगिताको तयारीका रूपमा लिएको एन्फाले जनाएको छ

प्रकाशित मितिः २०७४ साउन १८

वि.सं.२०७४ साउन १८ बुधवार १५:१६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...