back
NMB ad

सेयरको क्रेज : ‘नेपालको पानी–जनताको लगानी’मा २४ घण्टामै ५७ करोडको प्रतिवद्धता

Kumari bank ad

काठमाण्डौं । उर्जा मन्त्रालयले सोमबार वेबसाइटमार्फत नेपालको पानी जनताको लगानीका लागि प्रतिवद्धता लिन सुरु गरेको भोलिपल्ट अर्थात २४ घण्टामै ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ रुपैयाँ बराबरको प्रतिवद्धता आएको मन्त्रालयले जनाएको छ ।

उर्जा मन्त्रीको निजी सचिवालयले दिएको जानकारी अनुसार वेबसाइटमा आवेदन भरेर लगानीको प्रतिद्धता जनाउन नागरिकहरु उत्साहित देखिएका छन् । २४ घण्टामा लगानी प्रस्ताव गर्दै व्यक्तिगत आवेदन दिनेको संख्या ९ हजार १ सय ६५ पुगेको छ । व्यक्तिगत रुपमा ५५ करोड १८ लाख ६९ हजार ४ सय ८० रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको उर्जा मन्त्रालयले जनाएको छ ।

यो अवधिमा व्यक्तिगत बाहेक ६ वटा कम्पनीले पनि लगानीको प्रतिवद्धता जनाएका छन् । यी कम्पनीहरुले कम्पनीहरु २ करोड ४६ लाख २५ हजार रुपैयाँ लगानी गर्ने गरी आवेदन भरेका छन् ।

मंगलबार मात्रै ३ हजार २ सय ६४ जनाले लगानी गर्ने भन्दै आवेदन दिएका छन् । मंगलबार अपरान्ह ४ बजेसम्म १८ करोड ७० लाख ३० हजार ६५ रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

स्वदेशी लगानीमा नै ठूला आयोजनाहरु निर्माण गर्ने तयारीमा रहेको सरकारले जनतासँग लगानी प्रतिवद्धता खोजेको छ । ‘नेपालको पानी, जनताको लगानी’ भन्ने नाराका साथ सरकारले नागरिकबाट प्रतिवद्धता लिने अभियान सुरु गरेको हो ।

सोमबार ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले वेबसाइट सार्वजनिक गर्दै विद्युत आयोजनाको सेयर जनताको हातहातमा पुर्‍याउन लागेको बताएका थिए । सार्वसाधारणले माथिल्लो अरुण, दूधकोशी, तमोर र सुनकोशी-३ सहितका आयोजनामा सेयर लगानी गर्न सक्नेछन् । यसमा गैरआवासीय, आम नागरिक, सरकारी संस्थानका कर्मचारी र वैदेशिक रोजगारीमा रहेकाले पनि सेयर लगानी प्रस्ताव गर्न सक्नेछन् ।

ऊर्जा मन्त्रालयले यसका लागि आफ्नो वेबसाइटमा विशेष पेजको व्यवस्था नै गरेको छ । यसमा जानासाथ लगइन गर्नुपर्छ । नयाँ प्रयोगकर्ताहरुले नयाँ एकाउन्ट बनाएर व्यक्तिगत विवरण भरेर लगानीको प्रस्ताव गर्न सक्छन् ।

२७ पुस २०७३, अनलाईनखबर, ११।००

वि.सं.२०७३ पुस २७ बुधवार ११:३३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...