Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017

नेपाल ओमनसँग पराजित

November 8, 2017

football

काठमाडौ । एएफसी उन्नाइस वर्षमुनि (यू–१९) च्याम्पियनसिपअन्तर्गत आज भएको समूहचरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्गिस्तानको विस्केकमा भएको खेलमा नेपाल ओमानसँग ५–० गोलअन्तरले पराजित भएको हो । यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

ओमानले नेपाललाई खेलको पहिलो हाफमा तीन गोल प्रहार ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो । च्याम्पियनसिपमा चार खेल खेलेको नेपालले सबै खेलमा हार बेहो¥यो । चार खेलमा १२ गोल खाएको नेपालले एक गोल पनि फर्काउन सकेन ।

नेपाल पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा बहराइनसँग ४–० ले पराजित भयो । त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)सँग १–० ले गोलअन्तरको हार ब्यहोर्न पुगेको थियो ।रासस

प्रकाशित मितिः२०७४ कार्तिक २२

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु