back
NMB ad

गमलामा धान रोपेर जमरा उमार्ने काम किन ?

Kumari bank ad

हामी कृषि क्रान्तिका नारा घन्काएर कहिलै थाकेनौ तर हामी धान गमलामा रोप्दै कृषकलार्इ मानो छरेर मुरि फलाउने अनेकन काइदा बताउछौ। हिजोकै दिन थियो हाम्रै मुलुक बाट बाहिरिन्थ्यो । धान अनि चामल तर आज हाम्रो मुलुक अरबौको धान चामल आयात गर्छ । अनि कृषिप्रधान देशमा गमलामा धान रोपेर मनाइन्छ धान दिवस ।

कुरो हिजो असार पन्ध्रको हो, राष्ट्रिय धान दिवसको हो । जसरी हरेक बर्ष असार पन्ध्र आउँछ, बडो आपत् पर्छ हाम्रा कृषि मन्त्री ज्युलार्इ ! आखिर नपरोस् पनि किन अघिल्लो मन्त्री ज्युको यहि दिन थियो पदनै खुस्किने हर्कत भएको, त्यो पनि धान रोपाइमा जाँदा ।

अब आफै भन्नुस् रोपाइमा जाँदा पद नै धराप पर्ने भए पछि को पुगिरहोस कृषकको खेत खेतमा ! अनि त बर्तमान मन्त्री ज्यु हरिबोल गजुरेललाई गजबको जुक्ति फुरेको जस्तो छ । कार्यक्रम गर्ने बन्द कोठामा खेतको साटो एउटा गमलामा धान रोप्दा न त विबाद न त समयकै अभाव ।

यो कुरामा हाम्रा कृषि मन्त्री गजुरेल सफल त देखिए तर परिणाम आइदियो ठिक उल्टो । गमलामा धान रोपेर धान दिवस मनाइने काइदा रचेका मन्त्रीज्यू अन्तत चौतर्फी विवादमा मात्र तानिएनन् सामाजिक संजालमा उनी विरुद्धका टिकाटिप्पणी निकै रोचक र धोचक छन्, यत्तिबेला ।

Agriculutre minister

यी त भए धान दिबसका दिन सम्बन्धित मन्त्रीले धान बालिको लागि गरेको नौलो प्रयास । उता कृषकका पीडा र समस्या खै कति बुझेका छन् हाम्रा मन्त्री ज्युले ? किसानहरुले भनेको समयमा बीउ पाउँदैनन्, जेनतेन बीउ पाइहालेमा पनि कृषक ढुक्क हुन सकेका छैनन् । किनभने अझै पनि आकाशे पानीको भर परेर खेत रोप्नु बाध्यता छ यहाँको । यस वर्ष खडेरी नै प¥यो । अहिले बल्ला पानी पर्न थालेपछि किसानहरु हर्षित भएर धान रोप्न थालेका छन् ।

हिजो मात्र आँकडा आएको थियो १८ प्रतिशत खेतमा मात्र धान रोपियो भनेर । पर्याप्त सिचाइ छैन आकासे पानी को भर त्यसमाथि बाताबरणिय असन्तुलनले बिगारेको मौसमी अबस्थाले गर्दा अन्य खेतहरु अझै बाँझै छन् । उत्पादन त्यसै धट्दै छ । उता खेतबारीमा हाल्नका लागि मल पनि भनेको समयमा पाइँदैन, यो समस्या ज्यूँका त्यूँ छ । कृषकले समयमै मल मात्र पाए पनि त्यो जत्तिको सरकारी उपलब्धि अरु के होला ?

समस्या त कति छन् कति रु बजारको समस्या, फसलको उचित मूल्य । पाइला पाइलामा समस्या छ । मानौ कृषिप्रधान देशमा यस्तै हुनुपर्छ । यी समस्याहरु त सामान्य हो एक कृषकको लागि ।

त्यसो त भएका खेतीयोग्य जमिन कि त बाझै छन् कि त घरै घरले भरिएका छन् । खै कहाँ छ देशलाइ समुन्नत बनाउने हाम्रा अन्नका भण्डार भनिएका खेतहरु ? अनि कता हराए सरकारको नीति तथा कार्यक्रम, कृषक र कृषिलाई आधुनिकिकरण गर्ने हाम्रा मन्त्री ज्युको काम गराइको पारा यहि हो त ? गफ मात्रै, काम भने गमलामा धान ! कोठा भित्र धान रोपेर जमरा उमार्नु सिबाय अरु के देख्नु भो मन्त्री ज्युले !

१६ असार २०७३, २.३०

वि.सं.२०७३ असार १६ बिहीवार १४:१९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...