back
NMB ad

थाहा पाउनुभयो ? यसकारण सेयर लगानीकर्ताहरुले डराउनु जरुरी छैन

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले आफुले बजार सुधारका नियमित काम गरि रहेको हुँदा लगानीकर्तालाई हतोत्साहित नभइ लगानी गर्न आग्रह गरेको छ । अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेको र अधिकांश सूचिकृत कम्पनीको  कार्य सम्पादन सन्तोषजनक देखिएको हुँदा लगानीकर्ताले आत्तिनु पर्ने अवस्था नरहेको बोर्डको भनाइ छ।

बोर्डका प्रबक्ता निरज गिरीले सोमबार प्रेस बिज्ञप्ति जारी गरी बजारको हालको स्थितिलाई सूक्ष्मरुपले हेरिरहेको जनाएका छन् । सुधारका कैयन् कार्यक्रम चालु रहेको र सूचिकृत कम्पनी एवं मुलुकको अर्थतन्त्र पनि सहित दिशामा रहेको हुँदा लगानीकर्ताले हतोत्साहित हुनु नपर्ने बोर्डले ठम्याइ छ।

बास्तविक क्षेत्र  (रियल सेक्टर)का कम्पनीले जारी पुँजीको १० प्रतिशत सार्वजनिक निष्कासन गर्नसक्ने, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय फाइनान्स कर्पोरेसन जस्ता संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने लगायतका बजारलाई फाइदा पुर्याउने प्रावधान यसअघि नै गरि सकेको बोर्डले उल्लेख गरेको छ।

साथै प्राथमिक निस्कासनमा घरै बसिबसि अनलाइनबाट आवेदन दिने पाइने आश्वा प्रणाली पनि कार्यान्वयनको चरणमा रहेको बोर्डले जनाएको छ। बोर्डले नेप्सेलाई क्लियरिङ्ग बैंक थप्न तथा काठमाडौं उपत्यका बाहिर दलाल व्यवसायीहरुको शाखा विस्तार गर्ने वा दलाल व्यवसायी थप गरी क्षमता विस्तार गर्न पुनः निर्देशन दिएको स्पष्ट पारेको छ ।

यो साता सुरु देखिनै सेयर बजार ओरालो लागेपछि बोर्डले बिज्ञप्ति निकालेको लगानीकर्ताको मनोबल बढाउन खोजेको हो। पछिल्लो एक महिनामा बजार २०० अंकले घटि सकेको छ ।

२१ मंसिर २०७३, १०।३०

वि.सं.२०७३ मंसिर २१ मंगलवार १६:४९ मा प्रकाशित

You can share this post!

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...