back
NMB ad

सेयरमा यो साता दुई अर्ब ८० करोड कारोबार

Kumari bank ad

काठमाडौँ । गतसाताको तुलनामा यो साता नेप्सेमा सुधार आएको छ । गतसाता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.५१ अङ्कले घटेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडकाअनुसार यो साताको परिसूचक पहिलो दिनको तुलनामा ३०.७२ अङ्कले बढेर अन्तिम दिन एक हजार २५१.४२ अङ्कमा पुगेको छ ।

यससाता नेपाल स्टक एक्सचेन्जमा १२८ कम्पनीको १३ हजार ९२२ कारोबारबाट रु दुई अर्ब ७९ करोड ९८ लाख ३८ हजार बराबरका ४४ लाख ६६ हजार ६१० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २८.२१ प्रतिशत बढी हो । गतसाता १२० कम्पनीका १० हजार ५०९ कारोबारबाट रु दुई अर्ब १८ करोड ६१ लाख ७४ हजार बराबरका ३४ लाख ४४ हजार ११७ कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यसैगरी समूहगत परिसूचकमा वाणिज्य बैंक २६.०८, विकास बैंक ७७, वित्त कम्पनी ८.१, होटल २०.७, जलविद्युत् कम्पनीको २२.७८, बिमा ४६.९, उत्पादनमूलक ५४.४३ र अन्य समूहको परिसूचकमा १८.८ अङ्कले वृद्धि भएको थियो भने व्यापार समूहमा कुनै परिवर्तन भएको छैन ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ६.८९ अङ्कले बढेर २६९.५२ अङ्कमा आइपुगेको छ । यससाता कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा नबिल ब्यालेन्स फन्ड–१ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार सङ्ख्याको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा छ ।

यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋण पत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यो साता सप्तकोसी डेभलपमेन्ट बैंकको १० लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ ।

२३ माघ, 2072 / 6:05

वि.सं.२०७२ माघ २३ शनिवार १८:०८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...