काठमाण्डौं । आन दिनभरमा पुँजी बजारमा दुई अर्ब १९ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएपछि सेयर बजारमा फेरि नयाँ रेकर्ड कायम भएकोछ । यो रकम हालसम्मकै उच्च हो ।
आज नेपाल इन्स्योरेन्स कम्पनीको ४९ करोड चार लाख प्रमोटर सेयर प्रतिकित्ता ५५१ रुपैयाँको दरले कारोबार भयो । यही कारोबारले बजारलाई निकै माथि उठायो । त्यस्तै नेपाल बंगलादेश बैंकको १४ करोड २८ लाख रुपैयाँको र आरएमडिसीको १३ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भयो । यी तीन वटा कम्पनीको सेयर किनबेच गर्दा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको हो।
दिनभरमा बजार ४.५६ अंकले बढेर १६१४.१५ अंकमा पुग्यो । बजारले हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ ।
३२ जेठ २०७३, ३।३०
वि.सं.२०७३ जेठ ३२ मंगलवार १५:५९ मा प्रकाशित